आज :

स्याङ्जा २ ताजा अपडेट- धनराज गुरूङसंगले मतान्तर बढाए, कति मतले पछि छिन पदमा अर्याल ?

  • अनलाइन डबली

स्याङ्जा । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्।

मतगणनाको पछिल्लो विवरण अनुसार गुरूङले १३ हजार २ सय ४० मत ल्याएका छन्। यहाँ नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ११ हजार ८०५ मत ल्याएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार ८७६ मत ल्याएका छन्। यस्तै प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन्।

यस्तै प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले सुरूआती अग्रता बनाएका छन्। उनले १२१५ मत पाउँदा नेपाली कांग्रेसका महेश भट्टराईले ३०२ मत पाएका छन्। उनीहरूबीच ९१३ को मतान्तर छ।

मतगणना जारी छ। मंसिर ४ मा मतदान भए पनि विवादका कारण स्याङ्जा २ मा मतगणना सुरू हुन सकेको थिएन। निर्वाचन आयोगको निर्णयपछि ढिला गरी मतगणना सुरू गरिएको थियो।

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्कीले दोब्बर मतको अग्रता लिएका छन्।

हालसम्म ६ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले तीन हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीले अग्रता लिएका छन्।

दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । यहाँ १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

यसैबीच प्रदेश १ का १४ जिल्ला​मध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ । सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ ।

मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । मोरङमा कांग्रेसले १ लाख ३८ हजार १६३ मत ल्याउँदा एमालेले १ लाख २३ हजार ४८७ मतमात्रै ल्याएको छ । अन्य जिल्लामा भने एमालेको अग्रता रहेको हो ।

नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा मनग्य मत ल्याएको छ । सो पार्टीले झापामा ७७ हजार ४४४, मोरङमा ५३ हजार १८६, सुनसरीमा ४६ हजार ११२ र उदयपुरमा ११ हजार १४३ र इलाममा ९ हजार १३७ मत ल्याएको छ ।

प्रदेश १ मा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुँदा माओवादी केन्द्र चौथोमा पुगेको छ । प्रतिनिधिसभातर्फको मतगणनामा पहिलो पार्टी एमालेले १४ वटै जिल्लाबाट ६ लाख ४२ हजार ३४४ मत ल्याउँदा दोस्रोमा रहेको कांग्रेसले ५ लाख ५५ हजार २२७, तेस्रो रास्वपाले २ लाख १४ हजार ८१०, चौथो माओवादीले १ लाख ८८ हजार ६८२, पाँचौंमा राप्रपाले १ लाख ३० हजार ४०३, छैटौंमा जसपाले ५३ हजार २३९ र सातौंमा जनमत पार्टीले १८ हजार ६१४ मत ल्याएको छ ।

राप्रपाले झापा, मोरङ र सुनसरीमा मनग्य मत ल्याउँदा पहाडी जिल्लामा भने केही थोरै मत ल्याएको छ । राप्रपाले झापामा ४६ हजार ४६६, मोरङमा ४० हजार ८२२ र सुनसरीमा २६ हजार ३०३ मत ल्याएको छ । जसपाले भने मोरङ र सुनसरीमा क्रमशः १७ हजार २०७ र १५ हजार २५६ मत ल्याएको छ ।

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले भने झापा, मोरङ र सुनसरीमा केही हजार मत ल्याउँदा पहाडी जिल्लामा भने केही सय मतमात्रै ल्याउन सकेको छ ।

प्रदेशको समानुपातिकतर्फ भने राप्रपा तेस्रो
प्रतिनिधिसभामा तेस्रो स्थान कायम गरेको माओवादी केन्द्रका लागि प्रदेशको समानुपातिकमा भने राप्रपाले उछिनेको छ । प्रदेशसभातर्फ पहिलो स्थान एमाले, दोस्रो कांग्रेस, तेस्रो राप्रपा, चौथो माओवादी, पाँचौं जसपा र छैटौंमा नेकपा एकीकृत समाजवादी देखिएका छन् ।

सुनसरीको क्षेत्र नम्बर ३ को मतगणना जारी रहेको छ । बाँकीको मतगणना सकिएको छ । सोही अनुसार एमालेले प्रदेशतर्फको समानुपातिक मतमा भने एमाले १२ जिल्लामा अगाडि देखिएको छ । कांग्रेस मोरङसँगै ओखलढुंगामा पनि प्रदेशतर्फको समानुपातिकमा पहिलो बनेको छ ।

मोरङमा कांग्रेसले १ लाख ३६ हजार ७७८ मत पाउँदा एमालेले भने १ लाख ३१ हजार ७२४ मत पाएको छ । यस्तै ओखलढुंगामा कांग्रेसले २५ हजार ७९ मत पाउँदा एमालेले २४ हजार ७२८ मत पाएको छ । प्रदेशको समानुपातिकमा राप्रपाले झापा, मोरङ र सुनसरीमा माओवादीलाई जितेको छ । सोही मतका आधारमा ऊ प्रदेशको तेस्रो पार्टी बन्न सफल भएको हो । यस्तै नेकपा एकीकृत समाजवादीले भने अन्य जिल्लाको तुलनामा इलाम, मोरङ र उदयपुरमा उल्लेख्य मत पाएको छ ।

हालसम्मको प्रदेशतर्फको समानुपातिक मतमा एमाले ६ लाख ३२ हजार ६९५, कांग्रेस ५ लाख ३२ हजार ८४५, माओवादीले १ लाख ७७ हजार ७२१, राप्रपाले १ लाख ९१ हजार ७७१, जसपाले ५९ हजार ४८५ र नेकपा एसले ५४ हजार ८३१ मत पाएको छ ।

एमाले, कांग्रेस र माओवादीलाई संघमा बढी, प्रदेशमा कम मत
निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले, कांग्रेस र माओवादीलाई प्रदेशमा भन्दा संघमा बढी मत झरेको छ । प्रदेश १ मा गणना भएको समानुपातिक मतमध्ये संघमा एमालेले ६ लाख ४२ हजार ३४ मत पाउँदा प्रदेशमा त्यो भन्दा ९ हजार ३३९ कम मत अर्थात् ६ लाख ३२ हजार ६९५ मात्रै मत पाएको हो । यस्तै नेपाली कांग्रेसले संघमा ५ लाख ५५ हजार २२७ मत पाउँदा प्रदेशमा त्यो भन्दा २२ हजार ३८२ कम अर्थात् ५ लाख ३२ हजार ८४५ मत पाएको छ ।

माओवादी केन्द्रले पनि प्रदेशमा भन्दा संघमा १० हजार ९६१ बढी मत पाएको छ । उसले संघमा १ लाख ८८ हजार ६८२ मत पाउँदा प्रदेशमा भने १ लाख ७७ हजार ७२१ मत पाएको छ । राप्रपा र जसपाले भने संघमा भन्दा प्रदेशमा बढी मत पाएका छन् । राप्रपाले संघमा भन्दा ६१ हजार ३६८ र जसपाले संघमा भन्दा प्रदेशमा ६ हजार २४६ बढी मत पाएको छ ।

राप्रपाले संघमा १ लाख ३० हजार ४०३ मत पाउँदा प्रदेशमा १ लाख ९१ हजार ७७१ मत पाएको छ । यस्तै जसपाले संघमा ५३ हजार २३९ मत पाउँदा प्रदेशमा भने ५९ हजार ४८५ मत पाएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal