आज :

कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन् ःमन्त्री खरेल

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् ।

बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् ।

छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए ।

कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे ।

‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव हुनुहुँदैन् । यदी त्यो कतैबाट भइरहेको छ भने त्यो अन्त्य हुनुपर्छ । जगदिश खरेल यो कुरामा एकदमै प्रतिबद्ध छ ।’ उनले भने,

त्यस्तै, उनले बाँकी पाँच महिनामा चलचित्र क्षेत्रको हितको लागि मन्त्रालय र मन्त्रिपरिषद्बाट पहल गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘यो पाँच महिनामा मन्त्रीले पोलिसीको विषयमा कति के गर्नुपर्छ, जसले गर्दा समग्र चलचित्र क्षेत्रको हित हुन्छ । त्यो नीति ल्याउनुहोस् कार्यनीति ल्याउनुहोस् । तपाईहरुको कुरा ऐनमा नै व्यवस्था गर्ने मेरो चाहाना छ । देश र जनताको हित र चलचित्र क्षेत्रको हित अर्को यी दुईवटा सर्त छ मेरो यति हुने सहमति गरेर आउनुहोस् म मन्त्रिपरिषद्बाट अगाडि बढाउन तयार छु ।’

त्यस्तै, कार्यक्रममा कलाकार जितु नेपालले नेपालको सेन्सर बोर्डलाई अलि सहज बनाउन माग गरे ।

सेन्सर लगाएर विभिन्न दृश्यहरु सिनेमाबाट हटाउनुपर्ने समस्या रहेको बताउँदै उनले विकृति विसंगति विरुद्ध बनाइने सिनेमामा नराम्रा पात्रहरुलाई पनि देखाउनुपर्ने भएकाले सेन्सर लगाएर अनावश्यक दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

उनले भने, ‘सिनेमा भनेको विकृति विसंगति विरुद्ध बनाइने कुरा हो । त्यहाँ भएका नराम्रा पात्रहरुलाई पनि हामीले देखाउनुपर्ने हुन्छ । त्यसैले यस्तो देखाउनै पाइदैन् भन्ने कुराले धेरै दृष्यहरु काटिने गरेको छ । विदेशीले ल्याएर देखाएको फिल्म चाँही जस्तो भएपनि देखाउँछौं, हेर्छौ पनि अनि हामीले देखाउने कुरामा सेन्सर लगाउने कुरा छ । सिनेमालाई फरक तरिकारले हेर्नुपर्छ जस्तो लाग्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal