आज :

ओलीले प्रचण्डलाई फोन गरेर राखे यस्तो प्रस्ताव, प्रचण्डले फर्काए ओलीकाे बोली बन्द हुने जवाफ

  • अनलाइन डबली

काठमाडौँ । तत्कालिन (नेकपा) विभाजन भएपछि पहिलो पटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई फोन गरेका छन् । विहीबार दिउँसो ओलीले प्रचण्डलाई फोन गरेका हुन् । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग पहिले ओलीले फोन गरेर प्रचण्डलाई बधाई दिएका बताएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार जवाफमा प्रचण्डले पनि ओलीलाई बधाई दिए । दुबै नेताबीच बधाई साटासाटपछि ओलीले प्रचण्डसँग मिलेर जाउ भन्दै नयाँ प्रस्ताव राखेका थिए । ओलीले अब बसेर कुरा गरौं भन्ने प्रस्ताव समेत राखेको बताइएको छ । ओलीले आफूहरुलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय भएको बताउँदै त्यसबाट सचेत हुँदै मिलेर जाउ भन्ने प्रस्ताव राखेका थिए ।

स्रोतका अनुसार प्रचण्डले कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको बताएका थिए । प्रचण्डको उक्त टिप्पणीलाई ओलीले स्वीकार गर्दै बसेर समिक्षा गरौं भनेको बताइएको छ । तर, प्रचण्डले चुनावको सबै परिणाम आइसकेपछि मात्रै थप छलफल गर्न सकिने बताएका थिए । ओलीले नयाँ शक्ति उदयको नाममा अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै प्रचण्डसँग पुनः मिलेर जान आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि ओलीले फोन गरेको पुष्टि गरेका छन् । उनले दुई पार्टीका अध्यक्षहरुबीच सौहार्द्ध टेलिफोन वार्ता भएको बताए । आजै एमाले नेता सुवास नेम्वाङले पनि फोन गरेर प्रचण्डसँग मिलेर अघि बढ्न आग्रह गरेको बताइएको छ ।

गठबन्धनबाट माओवादीलाई अलग गर्ने उद्देश्यले ओलीले मिलेर जाउँ भन्दै प्रस्ताव राखेको माओवादी नेताहरुले आशंका गरेका छन् । ओलीले गठबन्धन टुटाउने रणनीति अनुसार फोन गरेको आशंका गर्दै प्रचण्डले त्यसबारे विषय प्रवेश नगरेको बताइएको छ । प्रचण्डले उल्टै ओली प्रवृतिकै कारण नेकपा विभाजन हुँदै यो अवस्थामा पुगेको बताएका थिए । यसमा ओली जिम्मेवार रहेको आशयको टिप्पणीबारे ओलीले कुनै प्रतिक्रिया नजनाएको नेताहरुले स्रोतले बताएकाे छ । मिलेर जाउ भन्दा पनि प्रचण्डले गठबन्धनको विरुद्धमा जान नसकिने आशयको जवाफले एमालेमा तरंग ल्याएको स्रोतको दाबी छ ।

आजै साँझ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष प्रचण्डलाई फोन गरेका छन् । देउवाले प्रचण्डलाई बधाई दिँदै गठबन्धनलाई निरन्तर दिनेबारे बसेर छलफल गरौं भन्ने आग्रह गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

आज दिनभर ओली, देउवालगायतका नेताहरुले प्रचण्डलाई फोन गरेर मिलेर जानेबारे प्रस्ताव राखेका छन् । यसले फेरि पनि राजनीतिको केन्द्रमा प्रचण्ड रहेको पुष्टि गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal