आज :

अछामका दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै, एमाले उम्मदेवार ४ हजारले पछि 

  • अनलाइन डबली

अछाम । अछामका दुबै क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा अन्तरगतको मत गणना जारी रहेको छ । क्षेत्र नं. १ गठबन्धनका उम्मेदवार शेरबहादुर कुँवरले १० हजार १९० मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा एमालेका झपट बहादुर बोहराले ६ हजार २६४ मत ल्याएका छन् । कुँवर बोहरा भन्दा ४ हजार २६ मतले अगाडि छन् ।

त्यसैगरी क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले पनि सुरुदेखि नै अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १५ हजार ८१४ मत गणना हुँदा गठबन्धनका उम्मेदवार ८ हजार ९३० मत सहित अग्रता कायमै राखेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार यज्ञ बोगटीले ५ हजार ९१६ मत सहित पछ्याइरहेका छन् । शाहले बोगटीलाई ३ हजार १४ मतले पछि पारेका छन् । शाहको मतान्तर बढ्दै गएको छ । अछाममा प्रदेश सभाको मत गणना भएको छैन ।

यसैबीच नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट दोब्बर मतले अग्रता लिएका छन् । गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मत गणना हुँदा ६ हजार ७६८ मत ल्याएका हुन् । एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत, राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् ।

यस्तै प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता जोखबहादुर महराले ५ हजार ८९० मत एमालेका एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २०४ मत र राप्रपाका पदमबहादुर थापाले ६८२ मत मात्रै पाएका छन् । यस्तै प्रदेश सभा २ बाट सत्ता गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत एमालेका प्रेमबहादुर घर्तीले १ हजार ९६८ मत पाएका छन् ।

माओवादी रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुनले ३ हजार ४९७ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार अमरसिंह एमालेका प्रेमबहादुर भन्दा बढी दीपेन्द्रले ल्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal