आज :

किन हुन्छ डिप्रेसन ? यसबाट कसरी बच्न सकिन्छ ?

  • अनलाइन डबली

काठमाडौं । डिप्रेसन मानिसमा हुने प्रमुख रोगहरुमध्ये एक हो । यो एक मानसिक रोग हो । मानिसमा हुने निरासपन नै डिप्रेसन हो ।

एउटै कुरा बारबार दिमागमा खेलाउनु, कहिलेकाहीँ रुन मन लाग्नु, कसैसँग पनि बोल्न मन नलाग्नु, धेरै मानिस भएको ठाउँमा बस्न मन नलाग्नु डिप्रेसनको लक्षण हो । कुनैपनी व्याक्तिलाई‌ मानसिक तनाब धेरै परेको छ भने उसलाई डिप्रेसन हुने समभावना धेरै हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३५ करोड मानिस डिप्रेसनका सिकार छन् । जसमा तीन चौथाई बढी नेपालजस्ता विकाशोन्मुख देशका छन् । छिमेकी राष्ट्र भारतमा मात्रै करिब पाँच करोड डिप्रेसनका बिरामी रहेको तथ्यांक छ।

हिजोआज प्रविधिको बढ्दो उपयोगले गर्दा मानिस एक्लिन थालेका छन् । जसका कारण पनि धेरै मानिस डिप्रेसनमा पर्ने गरेका छन् ।

डिप्रेसनका लक्षण :

रुन मन लाग्ने, मनमा निरासा छाउने, एक्लै बस्न रुचाउने, झर्को लाग्ने, दिक्क मान्ने, सानो कुरामा चिटचिटाहट हुने, बोल्न मन नलाग्ने, छटपटी हुने, केही काममा जाँगर नहुने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, आत्मग्लानि हुने, नकारात्मक सोचाइ, निद्रा कम पर्ने, खानामा रुचि नहुने, आफूलाई निकम्मा सम्झने, मर्न पाए हुन्थ्यो भन्ने, बारम्बार रुने, शंका लाग्ने, कानमा आवाज आएको अनुभूति हुने लगाएतका लक्षण देखिने गर्छन् ।

डिप्रेसन पुरुषको तुलनामा महिलाहरूमा दुई गुणा बढी देखिन्छ, । विश्वभरि गरिएको तथ्यांकमा महिलालाई धेरै भार उठाउन पर्छ जसले गर्दा उनीहरू धेरै डिप्रेसनमा परेका हुन्छन्। कार्यालयको काम अनि घरमा पनि कामले गर्दा समेत उनीहरूलाई डिप्रेसन हुन्छ।

डिप्रेसनबाट बच्ने उपाय :

डिप्रेसनको अवस्थामा मनमा एउटै कुरा घुमाइरहनु हुँदैन । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा मस्तिष्कमा समेत असर पुर्‍याउँछ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने । मन भुलाउने प्रयत्न गर्नुपर्छ ।

आफ्नो परिवारसँग घुलमिल गरेर बस्नुपर्छ । बिहानै उठेर मेडिटेसन अर्थात ध्यान गर्नुपर्छ । सकेसम्म एक्लै बस्न हुँदैन । कामको धेरै प्रेसरले गर्दा पनि धेरै मानिसमा डिप्रेसन हुने गर्छ, त्यसैले काम गर्दा बेला बेलामा ब्रेक लिनुपर्छ । धेरै डिप्रेसन भएको मानिसले चिकित्सकको सल्लाहमा औषधीको प्रयोग गर्नुपर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal