आज :

चिनियाँ राष्ट्रपति सी राजनीतिक दस्तावेज लेख्न व्यस्त, नयाँ योजनासहित तेस्रो कार्यकाल समाल्ने तयारी

  • अनलाइन डबली

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्राध्यक्ष सी चिनफिङ राजनीतिक दस्तावेज लेखनमा व्यस्त गरेको बताइएको छ । केही दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका सी आगामी अक्टोबरमा हुन लागेका पार्टीका राष्ट्रिय महाधिवेशनको लागि राजनीतिक दस्तावेज लेखनमा व्यस्त रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति सीले नयाँ योजनासहित तेस्रो कार्यकाल समाल्ने तयारी गरेका छन् । पार्टी विधान र संविधानमा तेस्रो कार्यकालको लागि बाटो खोलिएको छ । सी माओ पछिका शक्तिशाली नेताको रुपमा चीनमा उदयमान छन् । चिनियाँ संचारमाध्यमहरुका अनुसार तेस्रो कार्यकालको लागि पनि सी निर्विकल्प बनेका छन् ।

महाधिवेशनमा पेश गर्ने दस्तावेज लेखको लागि व्यस्त रहेको बेला पश्चिमा संचारमाध्यमहरुले सीलाई चिनियाँ सेनाको नजरबन्दमा रहेको हल्ला चलाएका थिए । उक्त हल्लाबफच मं‌गलबार सी एक सार्वजनिक कार्यक्रममा देखा परेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र देशले विगत एक दशकमा हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीमा उनी सहभागी भएका थिए ।

प्रदर्शनीमा बोल्दै सीले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ संकल्पका साथ अगाडि बढ्न ठोस प्रयास गर्न आह्वान गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । सेप्टेम्बर १६ मा उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन शिखर सम्मेलनबाट स्वदेश फर्किएपछि सी एक हप्तासम्म क्वरेन्टिनमा बसेका थिए ।

चिनियाँ सरकारको डायनामिक जीरो कोभिड नीतिअन्तर्गत विदेशबाट फर्केकाहरूका लागि आधिकारिक दिशानिर्देश अनुसार सी तोकिएको ठाउँमा सात दिन अनिवार्य क्वारेन्टाइन र तीन दिन घरमा बसेका थिए । सांघाई सहयोग संगठन शिखर सम्मेलनामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका नेताहरुसँग भेटवार्ता भएको थियो ।

क्वारेन्टाइनको समयलाई उपयोग गर्न सीले राजनीतिक दस्तावेज लेखन सुरु गरेको बताइएको छ । सी वर्तमान विश्वको अवस्था, चिनियाँ मोडेलको समाजवाद र चिनियाँ कम्युनिस्ट पार्टीको भूमिकाबारे गहिरो अध्ययनमा रहेको बताइएको छ । सीले ताइवानको समस्या समाधान फौजी रुपमा गर्ने वा कुटनीतिक रुपमा गर्ने भन्नेबारे पनि सी गम्भीर छलफलमा रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal