आज :

नेकपा(बहुमत)ले चुनाव अवज्ञा गर्ने, नागरिकता विधेयक राष्ट्रघातिः बास्तोला

  • धनन्जय बुढा

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्तामाथिका झुटा मुद्दाहरु खारेज गर्ने देउबा सरकारलाई धन्यबाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।

तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक कार्यक्रममा बोल्दै संयोजक बास्तोलाले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको नीम्ति भन्दा निजी स्वार्थका नीम्ति राष्ट्रघात गर्ने माध्यम भएकाले त्यसलाई अवज्ञा गर्नुको विकल्प नरहेको बताए । आफूहरुले निरपेक्षितरुपमा चुनाव अवज्ञा वा वहिस्कार र संघर्ष मात्रै नरोजेर त्यसको निकासका लागि तत्काल स्वाधीन संयुक्त सरकारको विकल्पसहित अगाडी बढेको जिकिर गरेका छन् ।

वहिस्कार नभनेर ‘अवज्ञा’ शब्दको प्रयोग गर्नुभयोे, सशक्त,सशस्त्र वा शान्तिपूर्ण कस्तो हुन्छ ? भन्ने प्रश्नको जवाफ दिदै बास्तोलाले विगतको जस्तो हिंसात्माक नहुने बताउँदै भने,“वहिसकार भन्ने वित्तिकै बम विष्फोट, हातहतियारको प्रयोग, कुनै पनि किसिमको हिंसात्मक नभई शान्तिपूर्ण जनचेतनामुलक कार्यक्रम सहित अवज्ञाका लागि जनतामाझ जानेछौं ।

विगतमा जस्तै, देउबा सरकारले नागरिकता विधेयक भारतियहरुको योजनामा विवाहको भोलिपल्टै विदेशीलाई नागरिकता दिने राष्ट्रघाति कदम भएको बताउँदै भने,“राष्ट्रमाथि दीर्घकालिन असर र बहुसंख्यक जनताको आवाजलाई लत्याउँदै जनविरोधी सत्ताको निरन्तरताको लागि चुनावको पूर्वसन्ध्यामा यो घातक विधेयक ल्याइएको छ जुन हामीलाई मान्य छैन ।”

आगामी ५ वर्षमा उही भ्रष्टाचार, महँगी, राज्यआतङ्क, राजनीतिक अस्थिरता, राष्ट्रघात, जनविरोधी कामहरू जनतामाथि थोपरिनेछन् र अबको चुनावमार्फत पनि त्यही गर्नेहुन्, त्यसैले सचेत नागरिकले यो चुनावको अवज्ञा र नयाँ विकल्पको लागि तयार बन्नुपर्छ, बास्तोलाले अगाडी थपे । त्यसैगरी पार्टी प्रवक्ता हेमन्त प्रकाश ओलीले संसदीय व्यवस्थाको आडमा मुठीभर दलाल पुँजीपतिहरू, विदेशी एकाधिकार पुँजीपतिहरूबाहेक नेपाली जनताका पक्षमा कुनै काम गर्न सकेको आरोप लगाए ।

प्रवक्ता ओलीले वाइड–बडी जहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरी, सुनकाण्ड, ओम्नी काण्ड, बतास काण्ड, एनसेलका लागि ट्याक्स मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता, निरन्तरको सरकार बदली, आलोपालो भ्रष्टाचार र कमिसनखोरी गर्नु संसदीय व्यवस्थाका चारित्रिक विशेषताहरू भएकाले पनि अब नेपाली समाजले त्यसको विकल्पका लागि नयाँ व्यवस्था रोज्नैपर्ने धारणा राखे । अहिले नेपालमा जतिसुकै फरक पार्टी भनिएपनि केही भिन्नता नभएको बताउँदै ओलीले भने,“समाजवादी कम्युनिस्ट नामधारी पुँजीवादका चाटुकार संसद्वादीहरू, पुँजीवादी काङ्ग्रेस, सामन्तवादी राप्रपाकाबीच जनताको आँखामा कुनै भित्रता छैन ।”

बैंकिङ क्षेत्रमा पनि माफिया तन्त्र हावि भएकोले मिटरब्याज, सहकारी र वित्तीय संस्थामार्फत जनताको जमिन दलाल पुँजीपतिहरूको हातमा केन्द्रित हुँदै गएको, जलमाफियाहरुले झोलामा खोला राखेको, उद्योगहरूमा दलाल पुँजीपति वर्गको एकाधिकार हुनुको कारण रोजगारी सिर्जना गर्ने ठूला उद्योगहरू शून्य भएको पनि नेता ओलीले बताए ।

चीन, भारतजस्ता छिमेकी देशहरूका बीचमा रहेको नेपालले अमेरिकाजस्तो देशलाई सैन्य अखडा निर्माण गर्ने अवसर दिनु अत्यन्तै दुःखद विषय भएको बताउँदै, नेता ओलीले भने,“नेपाली जनताको व्यापक विरोधका बावजुत पनि एमसीसी पारित गरियो, आईपीएससँगको आबद्धता सुनिश्चित गरिएको छ, एसपीपीसँगको सहकार्यमार्फत राष्ट्रघाती कामहरू भएका छन् अबपनि दलाल संसदिय व्यवस्थाको संरक्षण गर्न चुनावमा जानु मुर्खता हुन्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal