आज :

जीवन र मृत्युको दोसाँधमा छु, मलाई बचाई दिनुसः जगत विश्वकर्मा

  • एम.बी थापा

हुम्ला जिल्ला सर्केगड गाउँपालिका वडा नं. ८ निवासी ३७ वर्षका युवा जगत विश्वकर्मा लामो समयदेखि हर्मोन लिक भएको, मुटु,मृगौला,फोक्सोमा समस्या आएको र हाल पेट फुलेर गम्भीर विरामी भएका हुन । हालै संवाद डबलीको टिमसँग कुरा गर्दै आफू बाहिरबाट हेर्दा स्वस्थ जस्तो देखिएपति भित्रबाट निकै नै जरजर भएकोले उपचारको लागि आर्थिक सहयोगको वातावरण मिलाईदिन अनुरोध गरेका छन् ।

विश्वकर्माले यसअघि उपचारको क्रममा घरपरिवारसँग भएको सम्पूर्ण खर्च सकिए पनि नेपालमा उपचार नभएकोले सहयोगको लागि अपिल गर्दै भनेका छन्,“स्वदेश तथा विदेशमा रहनुहुने मनकारी दाजुभाइ तथा दिदीबहिनी म जीवन र मृत्युको दोसाँधमा पुगिसकेकोले आर्थिक सहयोग गरी मलाई बचाइदिनुहोला ।” घरको आर्थिक स्थिति निकै नै कमजोर अवस्ता त छदैथियो त्यसमाथि नेपालका कुनै पनि अस्पतालमा त्यसको उपचार समभव नदेखिएको र डाक्टरले विदेशमा जान भनेर रिफरसमेत गरिसकेको बताएका छन् । वीर अस्पतालले भारतको दिल्ली वा अन्य देश गएर उपचार गर्न रिफर गरेको र अनुमानित ६ देखि ७ लाख कम्तिमा खर्च हुनेसमेत बताएको जनाएका छन् । हाल उनि जोरपाटी स्थित आफन्तको कोठामा विना उपचार रोगसँग लडिरहेको उनलाई सहयोग गरिरहेका मशान्त विश्वकर्माले अनलाइन डबलीलाई बताए ।

उनको उपचारका लागि ‘जगत वश्वकर्माको जीवन वचाउ अभियान’ सञ्चालन गरिएको छ । यसैले मानवता देखाएर निम्न बैंक खाता र फोन नम्बरमा सम्पर्क गरी सहयोग गरीदिन हार्दिक अनुरोध गर्दछौं । साथै जजस्ले सहयोग गर्नुहुन्छ सहयोग गर्ने व्यक्तिवहरुले बैंकमा जम्मा गरेको भौचर वा ई–बैंकिङ गरेको सहयोगको स्कृन सट [email protected] तथा तलका नम्बरमा सम्पर्क गरेर पठाइदिनु होला हामीले ता कि हामीले धन्यवाद सहितको समाचार बनाउँना पाउनेछौं ।

नामः जगत विश्वकर्मा
बैंकः नविल बैक
खाता नम्बरः ०४१००१७५१४०२७
फोनः ९८४८१९३६२१
मशान्त वि.क.(विरामीको भाई): ९८६१२३९४७८

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal