आज :

भारतीय जनता पार्टीकी चर्चित नेतृको बलात्कारपछि ह’त्या, एक जना पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । भारतीय जनता पार्टीकी चर्चित नेतृ सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फोगाटको शव परीक्षण (पोष्टमार्टम) का क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ ।

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि रहेकी थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार हुन् ।

प्रहरीका अनुसार सन्दिग्ध ती दुवै जनालाई बिहीवार साँझ पक्राउ गरिएको छ । पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जबर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ ।

पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी रहेकी थिइन् । प्रारम्भिक रिपोर्टहरुमा उनको हृदयघातका कारण निधन भएको बताइएको थियो ।

तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाट कै सहयोगीहरुले उनको हत्या गरेको आरोप लगाएका थिए । उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरुले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाएका छन् ।

उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरे । ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए ।

त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटिएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal