आज :

श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बलियो बनाउन अपनाउनुहोस् यी ५ टिप्स, कहिले हुनेछैन झगडा

  • अनलाइन डबली

जीवनभर सँगै बस्ने वाचा गरे पनि कहिलेकाहीँ श्रीमान्–श्रीमतीबीच झगडा हुने र सम्बन्ध विच्छेदसम्मको अवस्था आउने गरेको छ । दिनहुँजसो सानातिना झगडा, मनमुटावले सम्बन्धलाई बिस्तारै कमजोर बनाइदिन्छ ।

यदि यस्ता कुरामा ख्याल गरिएन भने त्यसमा कहिले गाँठो बन्छ, थाहा नै हुँदैन । कहिलेकाहीँ साना साना कुराहरु पनि यति ठुला हुन्छन् कि सम्बन्ध सम्हाल्न निकै गाह्रो हुन्छ ।

यस्तो अवस्थामा सम्बन्धलाई बलियो बनाउन र प्रेम कायम राख्न एकअर्कालाई विश्वास गर्नु श्रीमान्(श्रीमती दुवैको कर्तव्य हो । सुखी दाम्पत्य जीवनका लागि केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । जानौँ श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई मजबुत बनाउने उपाय ।

साथी बन्ने प्रयास गर्नुहोस्
सम्बन्धलाई मजबुत बनाउन श्रीमान्(श्रीमतीले एकअर्काको साथी बन्ने प्रयास गर्नुपर्छ, किनभने धेरै पटक हामी परिवारभन्दा साथीहरूसँग कुरा साट्न सहज महसुस गर्छौं ।

श्रीमानले श्रीमतीलाई सहज महसुस गराउनुपर्छ, केही कुरा भन्न हिच्किचाहट नहोस् भनेर निकै सहज तरिकाले व्यवहार गर्नुपर्छ । यहाँ के याद राख्नुहोस् भने जब तपाईंहरु सँगै गुणस्तर समय बिताइरहनुभएको हुन्छ, फोनको प्रयोग कम गर्नुहोस् ।

कुरा नलुकाउनुहोस्
कतिपटक हामी जानीजानी वा अञ्जानमा कुराहरु लुकाउन सुरु गर्छौँ । यस्तो बानीले सम्बन्ध कमजोर हुन सुरु हुन्छ । कतिपय अवस्थामा पार्टनरलाई यस्तो कुरा थाहा भयो भने विश्वास टुट्ने गर्छ र सम्बन्धमा दरार आउन थाल्छ ।

सम्बन्धमा झुटो बोल्ने बानीले कतिपटक पार्टनरले परिवार र आफन्तको अगाडि लज्जाको सामना पनि गर्नुपर्ने हुनसक्छ । यस्तोमा पार्टनरसँग कुनै पनि कुरा खुलस्तसँग भन्नुहोस्, साथै परिवार र सम्बन्धलाई समय दिनुहोस् ।

एक अर्कालाई सम्मान गर्नुहोस्
कुनै पनि सम्बन्धको जग एकअर्काको विश्वास र सम्मानमा टिक्छ, किनकि यदि सम्बन्धमा इज्जत छैन भने सम्बन्ध चलाउन धेरै गाह्रो हुन्छ । श्रीमान्–श्रीमतीबीचको सुखी सम्बन्धको पहिलो शर्त एकअर्कालाई सम्मान गर्नु हो ।

कहिलेकाहीँ द्वन्द्वको अवस्था पनि आउँछ । यस्तो अवस्थामा पनि सम्बन्धमा इज्जत कायम राख्न जरुरी छ, किनकि समयसँगै सम्बन्धबाट मनमुटाव त ठिक हुन्छ तर रिसाएका बेला भनिएका कुराले सम्बन्धमा तिक्तता ल्याउन सक्छ ।

पार्टनरको समस्यामा ध्यान दिनुहोला
सम्बन्धमा कयौं पटक श्रीमान् श्रीमती एकअर्कालाई माया त गर्छन् तर एकअर्काको समस्या सुन्न चाहँदैनन्, वा भनौँ त्यसलाई महत्व दिँदैनन् । आफ्नो पार्टनरको समस्या सुन्नुहोस् र समाधान खोज्ने प्रयास गर्नुहोस् । यसो गर्दा सम्बन्ध बलियो हुन्छ । एकअर्काप्रति प्रेम पनि बढ्नेछ ।

एक अर्कालाई सहयोग गर्नुहोस्
घरको काम र बाहिरको कामलाई आपसमा बाँड्ने प्रयास गर्नुहोस् । घरको सम्पूर्ण कामको बोझ पत्नीमाथि नआओस् भन्ने कुरामा पतिले ध्यान दिनुपर्छ ।

साथै श्रीमतीले पनि बाहिरको काम गर्ने प्रयास गर्नुपर्छ । एकअर्कालाई सहयोग गर्दा सम्बन्धमा माया कायम रहन्छ । तपाईंहरुको यो बानीले एक अर्कासँग गुणस्तरीय समय बिताउन सक्नुहुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal