आज :

रुसले ग्यास पाइपलाइन बन्द गर्यो, जर्मनीमा सत्ता पलट र पूरै यूरोपमा हाहाकार मच्चिन सक्छ

  • अनलाइन डबली

काठमाडौँ । रुसले जर्मनी जाने ग्यास पाइललाइन बन्द गरेको छ । बल्टिक सागर हुँदै पाइपलाइनबाट ग्यास रुसले अवरुद्ध गरेको हो । रुसी संचालकले वार्षिक तालिका अनुसार मर्मतसम्भार कार्यका लागि ग्यास बन्द गरिएको बताएका छन् । तर, रुसले फेरि ग्यास पाइपलाइन सुचारु नगर्ने अनुमान गरिएको छ ।

युक्रेन घटनालाई लिएर जर्मनी रुसविरुद्ध लगातार लागिरहेको कारणले ग्यास लाइन अवरुद्ध गरिएको हुन सक्ने बताइएको छ । जर्मनीका अर्थमन्त्री रोबर्ट ह्याबेकले पनि उक्त कुराको पुष्टि गर्दै रुसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तयार रहनुपर्ने बताएका छन् । उनले रुसमाथि लागेको ईयू प्रतिबन्धको प्रतिक्रियामा क्रेमलिनले यो कदम उठाएको हुन सक्ने बताए ।

बीबीसीका अनुसार चेक रिपब्लिकका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रुसले उपयोग गरिरहेको चिन्ता व्यक्त गरे । त्यस्तै, जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशङ्का व्यक्त गरेको छ । रुसले यसअघि नै ग्यास आपूर्ति साबिक भन्दा ४० प्रतिशत मात्रै पठाउँदै गरेको थियो ।
रुसले ग्यास पाइपलाइन खोल्छ वा खोल्दैन भन्ने विषय युरोपभरी चिन्ता र चाँसो बढेको छ । रुसले ग्यास पठाएन भने युरोपले जाडो यामका निम्ति जोहो गर्न बनाइएका भण्डार गर्न पाउने छैन ।

रुसको यो कदमले इटलीलाई पनि प्रत्यक्ष असर परिरहेको छ । इटलीको एउटा ऊर्जा समूहले आफूले सोमवार पछिल्ला केही दिनहरूमा पाइरहेको भन्दा एक तिहाइ मात्र ग्यास रुसी कम्पनी ग्याजप्रोमबाट पाइरहेको बताएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी प्रमुखले रुसले पूरै युरोपमा ऊर्जा कटौती गर्नसक्ने भन्दै त्यसका लागि युरोप तयार हुनुपर्ने जनाएका छन् । यसअघि रुसले जारी गरेको नयाँ भुक्तानी योजना अस्वीकार गरेपछि पोल्यान्ड, बल्गेरिया, द नेदरल्यान्ड्स, डेनमार्क र फिनल्यान्डमा ग्यास कटौती गरिसकेको छ ।

यदि रुसले ग्यास पाइपलाइन सुचारु नगरे जर्मनीमा ठूलो मन्दी निम्तिन सक्छ । जर्मनीका सम्पूर्ण उद्योगहरू ग्यासमा निर्भर छन् र अधिकांश जर्मनहरूले घरलाई न्यानो राख्न ग्यास नै प्रयोग गर्ने गर्छन् । यसको विरोधमा नागरिक सडकमा आउने सत्ता पलट हुन सक्ने बताइएको छ । यो पूरै युरोपमा फैलिन सक्ने बताइन्छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसविरुद्ध आक्रामक भएर लागेकै कारण सत्ताबाट हट्नु परेको छ । युक्रेनलाई थप अस्त्र दिन थालेपछि रुसले आयत-निर्यातलाई कडाइ गरेकै कारण बेलायतमा आर्थिक संकट पैदा भयो र आफ्नै क्याविनेटका सदस्यहरुले राजिनामा दिएपछि जोनसन संकटमा परेका थिए ।

युक्रेनबाट हुने उर्जा आयत पनि रुसले बन्द गर्न सक्छ । युरोपको सबैभन्दा ठूलो र दोस्रो ठूलो आणविक भट्टी युक्रेनमै रहेको र ती दुबै अहिले रुसी सेनाको कब्जामा पुगेका छन् । यहाँबाट उत्पादन उर्जा बन्द गर्ने हो भने आधा यूरोप अन्धकार हुन सक्छ । र, पाइललाइन बन्द गरिएको खण्डमा पूरै यूरोपमा आर्थिक मन्दीसँगै हाहाकार मच्चिन सक्छ ।

जर्मनीका नागरिक रुससँगको सम्बन्धन नबिगार्न सरकारलाई आग्रह गरिरहेका छन् । उनीहरुले रुसले ग्यास मात्रै पनि बन्द गरे आफूहरुको जीवन चौपट हुने भन्दै युक्रेन घटनालाई लिएर जर्मनीले रुसविरुद्ध लाग्न नहुने जनमत रहेको छ । तर, सरकारले जनमतको बेवास्ता गर्दै युक्रेनलाई अस्त्र सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal