आज :

अनौठो खगोलीय घटनाः आजदेखि चन्द्रमा र पाँच ग्रहको भेला सुरु, कसरी हेर्ने ?

  • अनलाइन डबली

काठमाडौँ । इतिहासकै अनौठो संयोग हुने भएको छ । दुर्लभ खगोलीय घटनालाई मानिसहरुले प्रत्यक्ष हुने पाउने भएका छन् । यही असार १० गते उक्त संयोजक हुन लागेको हो । यसलाई खगोलविदले भेला भनेका छन् ।

उत्तरी गोलार्धका अधिकांश स्थानबाट पाँचवटा ग्रह र चन्द्रमा एउटै लहरमा रहेको अनौठो संयोजक हुने भएको हो । बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि बिहानीपख सूर्योदयभन्दा अगाडि एउटा बक्ररेखामा देखा पर्ने भएका छन् । यसलाई नै खगोलीय भेला भनिएको हो ।
शुक्रः खगोलविदका अनुसार असार ९ गते बिहीवारदेखि असार १० गते शुक्रवारसम्म तिनको संयोजन दर्शनीय अवस्थामा हुनेछ । यो संयोजनलाई अद्भुत घटना मानिन्छ । खाली आँखाले नै ग्रहहरूको यो खगोलीय भेला देख्न सकिनेछ ।

यसअघि सन् २००४ मा ती ग्रहहरू त्यसरी एकैठाउँ देखा परेका थिए । दक्षिणी गोलार्धबाट बुध र शुक्र ग्रह बिहानीपख देखा पर्छन् । तिनको बीचमा रोहिणी तारा हुनेछ ।

रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एउटा हो । यसको व्यास सूर्यको भन्दा ४४ गुना बढी छ र यो रातो रङ्गको देखिन्छ । खगोलीय पिण्डहरू एउटै रेखामा हुँदा त्यसलाई युति भनिन्छ ।

आकाश हेरेर राति अबेरसम्म बस्नेरुले सबैभन्दा पहिला तपाईँ शनि देख्न सकिनेछ भने शनि मध्यराततिर उदाउँछ । सूर्योदय हुनुभन्दा केही घण्टाअघि बृहस्पति र त्यसपछि मङ्गल देखा पर्छन् । सूर्योदय अघि शुक्र उदाउँछ र सूर्योदयसँगै बुध देखा पर्छ ।

ज्योतिषी मान्यता अनुसार ग्रहहरू एउटै रेखामा बस्नु अर्थपूर्ण भएको मानिन्छ । ग्रहहरूको यस्तो युतिको सम्बन्ध शक्ति प्रवाहसँग हुन्छ । त्यसले युद्धको अवस्थाबाट शान्ति र सद्भावतिर मानवजातिलाई लैजाने कसैकसैको विश्वास छ ।

शनिः यो वर्ष शरद् ऋतुमा राति शनि ग्रह देखिनेछ । अहिले भने स्थानीय समयानुसार मध्यरातअघि नै शनि उदाउँछ । दूरबिनले हेर्दा शनि ग्रहबाहिरको घेरा पनि देखिन्छ । खाली आँखाले हेर्दा शनि चहकिलो पहेँलो–सेतो रङ्गको देखिन्छ । सानो दूरबिनले हेर्दा शनि ग्रहका घेराहरू पनि देख्न सकिन्छ । अहिले ती घेराहरू साँघुरिन थाले जस्तो देखिन्छ । ती घेराहरू शनिको उत्तर र दक्षिणमा तन्किएका छन् । सूर्योदय अघिको बेला दक्षिणपूर्वीदेखि दक्षिणी आकाशमा यस्लाई सजिलै देखिन्छ ।

मङ्गलः यो ग्रह पृथ्वीबाट हेर्दा पनि सुन्तला–पहेँलो रङ्गको देखिनेछ । मङ्गल बिहानीपख उदाउँछ । आकाश सफा भएको बेला यो महिना यो ग्रह सजिलै देखिन्छ । मङ्गल पूर्वीदेखि दक्षिणपूर्वी आकाशमा बिहान २ बजेभन्दा केही समयअगाडि उदाउँछ । पृथ्वीबाट देखिने नवौँ चम्किलो तारा एकेर्नारजत्तिकै मङ्ल पनि उज्यालो देखिन्छ । तपाईँले आकाशमा हेर्दा मङ्गल सुन्तला–पहेँलो रङ्गको देखिन्छ ।

बृहस्पतिः उत्तरी गोलार्धको आकाशमा बृहस्पति सजिलै देखिने ग्रह हो । हामीमध्ये धेरै जनाले बिहानीपख आकाशमा बृहस्पति चिन्न सक्छौँ । पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो लुब्धक तारा (सिरिअस) भन्दा बृहस्पति दुईगुना चम्किलो हुन्छ ।
यो महिना दूरबिनबाट हेर्दा बृहस्पतिको पश्चिमी भाग पूर्वी भागभन्दा अलिक कम चम्किलो देखिन्छ । असार २२ बुधवारदेखि बृहस्पति सजिलै देखिन तालेको छ । शनिवार यो ग्रह ‘द ह्वेल’ पनि भनिने सिटस तारामण्डलतिर पुग्नेछ ।

शुक्रः गोधूलिको बेला देखा पर्ने शुक्र ग्रह मध्यअसारमा अझ राम्ररी देखिनेछ । शुक्र ग्रह सूर्योदयअघिको समयमा उदाउँछ र बृहस्पतिभन्दा चम्किलो हुन्छ । असार १६ गते बिहान सूर्योदयभन्दा आधा घण्टाअगाडि बृहस्पति सजिलै देखिनेछ । दूरबिनबाट हेर्दा शुक्र ग्रहको नौ डिग्री देब्रेपट्टि कृत्तिका नक्षत्र पनि देख्न सकिन्छ । तर उज्यालो नबढेकै बेला हेर्नुपर्छ ।

बुधः आगामी साता बिहीवार (असार १६ गते) बिहान बुध ग्रह पनि सूर्योदयभन्दा ३० मिनेटअगाडि सजिलै देखिनेछ । त्यतिबेला यो ग्रह क्षितिजमा सबैभन्दा तल देखा पर्छ । बिहानीपख आकाशमा हेर्दा जेठ महिनाको मध्यसम्म यो ग्रह निकै पर र कम चम्किलो थियो। असार २ गतेदेखि भने सूर्योदयभन्दा आधा घण्टाअगाडि खाली आँखाले हेर्दा बुध पूर्व वा पूर्वोत्तर आकाशमा निकै तल देखा पर्न थाल्यो । यो ग्रह शुक्रभन्दा तल देब्रेपट्टि देख्न सकिने छ । बुध आगामी साता सोमवार (असार १३ गते) बिहान सूर्योदयभन्दा झन्डै एक घण्टाअघि पूर्वोत्तर क्षितिजमा उदाउनेछ ।

  • बीबीसीको सहयोगमा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal