
काठमाडौं । जेन्जीको प्रदर्शनपछि नेपालतर्फ आउने अत्यावश्यक वस्तु आयात सहज हुन थालेको छ । भ्रष्टाचारविरुद्ध जेन्जी पुस्ताले गरेको आन्दोलनका कारण केही दिन नाका ठप्प रहेको थियो ।
भन्सार विभागका निर्देशक किशोर वर्तौलाकाअनुसार अहिले सेना तथा प्रहरीको सहयोगमा अत्यावश्यक सामग्री आयात भइरहेको छ ।
प्रदर्शनका कारण मेची, कैलाली, भैरहवा, जनकपुर बढी क्षति पुगेको छ । देशको मुख्य भन्सार कार्यालको गेटमा आगजनीबाहेक अन्य कुनै क्षति भएको छैन ।
वीरगन्ज सीमा नाकामा रोकिएका पेट्रोलियम पदार्थ बिहीबार भित्रिएका छन् ।
भारतीय सीमा निकायले जानकारी दिए अनुसा नेपाल भन्सार प्रवेसमा कुनै अवरोध नगरेको र निरन्तर रूपमा सहजीकरणको आग्रह गरे पनि नेपाली पक्षमा सुरक्षा अवस्था र जनशक्ति अभावका कारण ढुवानी प्रभावित हुदै आएको छ ।
नेपाली भन्सार र सुरक्षातर्फको अनुमति पर्खिरहेका पेट्रोलियम ट्यांकरसहितका कार्गोहरू विभिन्न स्थानमा रोकिएको भारतीय पक्षले जनाएका छन् ।