आज :

विहानै भरतपुर र काठमाडौंको ताजा परिणामः रेणु र बालेनले बनाए अहिलेसम्मकै धेरै फराकिलो मतान्तर

  • अनलाइन डबली

काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अहिलेसम्मकै धेरै मतान्तरसहित अग्रता लिएकी छन् । गठबन्धनको साँझा उम्मेदारविरुद्ध नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले करिब ६ हजार मत काट्दा पनि रेणुको अन्तर बढ्दै गएको छ ।

विहीबार बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा रेणुले १४ हजार ३७७ मत प्राप्त गरेकी छन् । दाहालले करिब ३ हजार मतले अग्रता कायम गरेकी छन् । नेकपा एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् । उनी निरन्तर पछि पर्दै आएका छन् ।

त्यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवारले चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ । यो परिणामले पौडेलले रेणुलाई आउने मत मात्रै काटेका छन् । बागी उम्मेदवार पौडेलले उपमेयरको मत काटेका छैनन् ।

यसैबीच काठमाण्डौ महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् ।

महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार ६ सय ७९ मत प्राप्त गरेका छन् । उनले एमालेका उम्मेदवार केशव स्थापितलाई ९ हजार ५ सय ७६ मतले पछाडि पारेका छन् । स्थापितले अहिलेसम्म ११ हजार १ सय ३ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५ सय ५६ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उनले अहिलेसम्म २० हजार ७ सय ३ मत ल्याएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ५ सय ३३ मत पाएका छन् ।

यसैबीच निर्वाचन आयोगले १ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको जनाएको छ । जसमाः

कांग्रेसः अहिलेसम्म नेपाली कांग्रेस २ सय ३९ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८० नगरपालिकाको मेयर र एक सय ५९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

यस्तै कांग्रेसले ६० वटा नगरपालिकाको उपमेयर र एक सय ६३ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २३ पालिका जितेको हो । कांग्रेसले २ हजार १ सय ७५ वटा वडाध्यक्ष पद जितेको छ ।

एमालेः एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १ सय १ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ४७ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, सय वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ५७ वटा जितेको छ । एमालेले एक हजार ६ सय ९३ वटा वडाध्यक्ष जितेको छ ।

माओवादीः नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय ८ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा (एकीकृत समाजवादी): नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष तथा पाँच वटा नगरपालिकाको उपमेयर जितेको छ । नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ ।

जसपाः जसपाले १२ वटा पालिकामा अध्यक्ष र १० वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । जसपाले १ सय ८७ वटा वडाअध्यक्ष जितेको छ ।

अन्य दल/स्वतन्त्रः अरु दल र स्वतन्त्रले गरी २१ वटा पालिका जितेका छन् । त्यस्तै १५ वटामा उपमेयर/उपाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal