आज :

बेलायती प्रधानमन्त्रीसहित उच्च अधिकारीमाथि रुसले लगायो प्रतिबन्ध, अब कहाँ जान पाउँदैनन् ?

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य कारवाही थालेको आज ५३ दिन भएको छ । रुसले मारियोपोलसहित अधिकांश क्षेत्रमाथि नियन्त्रण कायम गरेको छ । भने केही क्षेत्रमा फाटफुट लडाइँ भइरहेको छ ।

अमेरिकासहित नेटो देशहरुले दिएको सैन्य सहयोगको भरमा लडिरहेको युक्रेनमाथि रुसले थप दवाव सिर्जना गरेको छ । हिजोमात्रै युक्रेनलाई सहयोग नगर्न चेतावनी दिँदै सहयोग गरे अकल्पनीय अवस्था सिर्जना हुने भनेको थियो । अमेरिकाले पछिल्लो पटक सैन्य सहयोग पठाउन सुरु गर्नुअघि रुसले सो चेतावनी दिएको हो । यसले रुसले कतिखेर कसमाथि प्रहार गर्ने हो भन्ने एउटा डर पैदा भएको छ ।

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । अब उनीहरुले रुस प्रवेश गर्न नपाउने भएका छन् । उनीहरुको रुससँग सम्बन्ध भएका सबै गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लागेका अधिकारीहरुले रुसी बैंक वा कम्पनीसँग भएको कारोबार रोक्का हुने बताइएको छ ।

बेलायतले रुसी अधिकारीलाई देश निकाला गरेको थियो । त्यसको जवाफ रुसले दिएको बताइएको छ । रुसले थप अधिकारीमाथि पनि प्रतिबन्धको तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

रुसले अमेरिकाका उच्च अधिकारीमाथि पनि प्रतिबन्धको तयारी गरेको छ । यसअघि रुसले औपचारिक रूपमा संयुक्त राज्य अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको थियो । युक्रेन विवादपछि पहिलो पटक औपचारिक रुपमा रुसले अमेरिकालाई चेतावनी दिएको हो ।

रुसको एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको सो चेतावनी दिएको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् । दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो ।

त्यसमा अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले “भविष्यवाणी गर्न नसकिने परिणाम“ निम्त्याउन सक्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन गरेका छन् । जसमा पहिलो पटक लामो दूरीमा पनि निशाना लगाउनसक्ने होविटजर्सजस्ता हतियार पनि छन् । प्याकेजमा हतियारहरू, ड्रोन, बख्तरबन्द गाडीहरू र हेलिकोप्टरहरू पनि छन् ।

रुसको चेतावनीपछि अब अमेरिकाले घोषणा गरेको सहयोग पठाउछ वा पठाउँदैन भन्ने केही विवरण सार्वजनिक भएका छैनन् । अमेरिकाले औपचारिक रुपमा चेतावनीबारे केही नबताएपनि अमेरिकाले उपलब्ध गराउने भनेको सैन्य सहयोगको पहिलो किस्ता केही दिनपछि युक्रेन पुग्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal