आज :

आगामी चुनाव माओवादीको लागि ब्याटलः प्रचण्ड

  • अनलाइन डबली

कावासोती । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी चुनाव आफ्नो पार्टीको लागि ब्याटल भएको बताएका छन् । अध्यक्ष प्रचण्डले शनिबार नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीले जसरी पनि चुनाव जित्नुपर्ने बाध्यता रहेको बताए ।

“आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो, माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएको छ” प्रचण्डले भने ।

प्रचण्डले माओवादीले हारे संविधान, गणतन्त्र, महिला, दलित, जनजाती, थारु, आदिबासी, मधेसी सबैले हार्ने भन्दै जित्नैपर्ने बताए । प्रचण्डले भने, “माओवादीले चुनाव होर संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ ।” प्रचण्डले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् ।

गठबन्धनभित्र स्थानीय तह निर्वाचन तालमेल गर्ने कुरा सजिलो नभएको तर स्थानीय तहदेखि संघको निर्वाचनसम्मै गठबन्धन कायम हुने दाबी समेत प्रचण्डले गरे । “गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि सङ्घको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ” प्रचण्डले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal