आज :

पश्चिमा देशहरुविरुद्ध मिलेर लड्ने पुटिन र लुकासेन्कोबीच सहमति, रुसी सेना किभको नजिक पुग्यो

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्को पश्चिमा देशहरुसँग संयुक्त रुपमा उभिने भएका छन् । सैन्यलगायतका विषयमा सहकार्य गर्दै आएका दुई छिमेकी देशले युक्रेन समस्याको संयुक्त रुपमा फेस गर्ने समेत सहमत भएका छन् ।

पुटिन र लुकासेन्कोबीच शुक्रबार मस्को भेट वार्ता भएको छ । पुटिनलाई भेट्न लुकासेन्को मस्को पुगेका थिए । यसअघि युक्रेन यु’द्धमा रुसलाई साथ दिने बेलारुसले बताएको थियो । तर, सेना अहिलेसम्म पठाएको छैन ।

रुस र युक्रेनलाई शान्तिपूर्ण समाधानको लागि वार्ताको मध्यस्थकर्ताको काम गरिरहेको बेलारुसले अब भने युद्धमै सहभागी हुने संकेत गरेको छ । पुटिन र लुकासेन्कोबीचको भेटपछि बेलारुसी सेना युक्रेनको सीमा क्षेत्रमा सैन्य अभ्यास गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

युक्रेनलाई अमेरिकासहित पश्चिमा देशहरुले हतियारसहित युद्ध लम्ब्याउने देखेपछि रुस र बेलारुसका नेताबीच भेट भएको हो । नेटो आफू युद्धमा सहभागी नभएपनि युक्रेनी सेनालाई यु’द्ध सामाग्री उपलब्ध गराउँदै आएको छ । अमेरिका, नेटो, इयूको सहयोगकै कारण युक्रेनले १७ दिनसम्म यु’द्धलाई थेकेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोको सदस्यता नलिने घोषणा गरेका छन् । तर, रुसले अन्य मागमा सहमति जनाएका छैनन् । जेलेन्स्कीको बालहठकै कारण युक्रेन भग्नावशेषमा परिणत हुँदै गएको छ । पश्चिमा देशहरुले युक्रेन युद्धलाई लम्ब्याउने रणनीति लिएपछि रुस र बेलारुसले संयुक्त रुपमा त्यसको प्रतिवाद गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

बेलारुसले रुसी सेनालाई आफ्नो भूमि प्रयोग गर्न अनुमति दिइसकेको थियो । परमाणु हतियारको चर्चा चलेपछि बेलारुसले आफ्नो देशहमा रुसलाई त्यस्तो हतियार राख्न अनुमति दिन सक्ने बताएको थियो ।

युक्रेनले सुरक्षा चाँसोलाई बेवास्ता गरेर नेटोको सदस्य बन्न लागेपछि रुस–युक्रेनबीच तनाव उत्पन्न भएको थियो । रुसले लामो समयसम्म नेटो सदस्य नबन्न भनेपनि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नमानेपछि तनाव यु द्धमा बदलिएको छ ।

आज रुसले युक्रेनमा हमला सुरु गरेको १७ दिन पुगेको छ । रुसले युक्रेनका अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिएर स्थानीय अधिकारीको सहयोगमा प्रशासनिक कामकारवाही चलाइरहेको छ । फसेकाहरुलाई बाहिर निकाल्न रुसले युद्धविराम गरेपनि युक्रेनी सेनाले निस्कन दिइरहेका छैनन् । रुसी संचारमाध्यमहरुले युक्रेनी सेनाले नागरिकलाई युद्धमा मानव ढाल बनाइरहेको आरोप लगाएका छन् ।

यसैबीच रुसी सेना युक्रेन राजधानीबाट पाँच किलोमिटर नजिक पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal