आज :

कम्युनिस्ट झण्डा फराउँदै रुसी सेना युक्रेनको राजधानीतिर अघि बढ्यो

काठमाडौँ । आफ्नो सुरक्षाविरुद्ध गएपछि रुसले युक्रेनमाथि हमला सुरु गरेको आज १५ दिन पुगेको छ । युक्रेनबाट २५ लाखभन्दा बढी नागरिक पलायन भइसकेका छन् । रुसी सेनाले खार्किभलगायत मुख्य शहर नियन्त्रणमा लिइसकेका छन् ।

रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो आरणविक ऊर्जा केन्द्र र तेस्रो ठूलो केन्द्र नियन्त्राणमा लिइसकेको छ । रुसी सेनामाथि हमला भइरहेका क्षेत्रहरमा हमला जारी भइरहेका छन् । रुसले फसेका नागरिकलाई बाहिर निकाल्न युद्धविराम समेत गरिरहेको छ । त्योसँगै अन्य क्षेत्रमा हमला पनि जारी छन् ।

दोस्रो विश्व युद्धमा हिटलरको सेनासँग लडेर जोगाएका युक्रेनको राजधानी किभलाई रुसी सेनाले घेराउ गरेको छ । पत्रकार राजेश पावरका अनुसार रुसले किभलाई ध्वस्त गर्न चाहँदैन । अन्य क्षेत्रमा हमला गरी दवाव दिएर युक्रेनी सेनालाई गलाउन चाहन्छ । किभमा दोस्रो विश्व युद्धको बेला ज्यान गुमाउने शालिक छन् । त्यसमा सबैभन्दा धेरै सोभियत सेनाको ज्यान गएको थियो ।

रुसी सेनाका हजारौं ट्याक्र तत्कालिन सोभियत संघ (कम्युनिस्ट) काे झण्डा फराउँदै किभ घेर्न अघि बढिरहेका दृश्य अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा देखिएका छन् । सोभियत कालमा यो झण्डा फराउँदै सेना अघि बढ्यो भने विश्व नै डराउने अवस्था थियो । यो झण्डाको पहिचना सोभियत सेना संसारकै सबैभन्दा शक्तिशाली सेना हो भन्ने पनि हो ।

सन् १९९१ मा साेभियत संघ ढलेपछि पुनः रुसी सेनाले हँसिया हथाैडा अंकित रातो कम्युनिस्ट झण्डा फराउँदै अघि बढेको छ । कम्युनिस्ट झण्डा बोकेको सेनासँग फेरि नेटो र इयूमा संलग्न देशहरु एक पटक फेरि डराएका छन् । रुसले युक्रेनमा हमला गर्नुअघि त्यसको प्रतिवाद गर्ने धम्की दिएका अमेरिकासहितका देशहरु अहिले डराएपछि पछि हटेका छन् ।

रुसी सेनासँग अमेरिकासहित यसका सहयोगी देशहरु डराएको देखेर कच्चा राजनीतिज्ञ जेलेन्स्की आफ्नो बालहठबाट पछि हटेका छन् । उनले रुसका तीनवटा सर्त मान्न तयार भएका छन् । नेटोमा सहभागी नहुने, क्रिमियालाई रुसको अंग मान्न सैद्धान्तिक सहमति, पूर्व युक्रेनका दोनियस्क र लुहांस्कलाई स्वतन्त्र राज्य मान्न तयार हुनुपर्ने मागमा जेलेन्स्की छलफल गर्न तयार भएका छन् । पटक पटक अनुनय विनय गर्दा पनि नेटो र ईयूको सदस्यता नदिएपछि जेलेन्स्कीले अब भिक नमाग्ने घोषणा गरेका छन् । तर, आज भएको विदेशमन्त्री स्तरिय वार्तामा खासै सहमति भएन । टर्कीमा भएको दुबै देशले आआफ्नो नेतृत्वसँग छलफल गरेर दोस्रो चरणमा वार्तामा बस्ने सहमति गरेका छन् ।

जेलेन्स्कीको ‘जनताको नोकर’ पार्टीले अब अमेरिकासहित पश्चिमा देशहरुको भन्दा रुसको साथमा लाग्नुपर्ने निर्णय गरिसकेको भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन् । यु द्धमा एक्लै छोडेपछि जेलेन्स्की पनि रुससँग झुक्नैपर्ने अवस्थामा पुगेको पत्रकार राजेश पावर बताउँछन् ।

युक्रेनमा भोलोदिमिर जेलेन्स्की राष्ट्रपति निर्वाचित भएदेखि नै रुसविरुद्ध अमेरिका र इयूसँग मिलेर गतिविधिमा लागेको रुसको दाबी छ । नेटोको सदस्य बन्न निवेदन दिएपछि रुसले त्यसलाई शान्तिपूर्ण रुपमा रोक्न खोजेको थिए । तर, कमेडियन कलाकार समेत रहेका राष्ट्रपति जेलेन्स्कीले त्यसलाई टेरेनन् र नेटो र ईयूको सदस्य बन्ने प्रयास गरिरहे, पूर्व क्षेत्रमा अधिकारको लागि आवाज उठाउने नागरिकमाथि दमन गरिरहे । यो उनको कच्चा नेतृत्व क्षमताका कारण भएको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal