आज :

युक्रेनका राष्ट्रपति जेलेन्स्की २१ औं शताब्दीका ‘निरो’

काठमाडौँ । रुस–युक्रेन यु’द्धको आज १० दिन भएको छ । यो छोटो युद्धले युक्रेनलाई तहसनहस बनाइसकेको छ । रुसको अगाडि युक्रेनले यतिका दिन टिक्न सक्नु पनि ठूलो कुरा हो । विश्वको दोस्रो ठूलो सैन्य शक्ति र पहिलो परमाणु शक्ति भएको देशसँग युक्रेनले लडाइँ लड्न जित्न खोज्नु मूर्खतापूर्ण नै हुन्छ ।

रुसले अधिकांश सहर नियन्त्रणमा लिएर राजधानी किभमा घेराउ गर्दै अघि बढिरहेको छ । पछिल्लो केही घण्टामा राष्ट्रपति कार्यालयमै रकेट हमला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । तर किभमै रहेर रिपोर्टङि गरिरहेका पत्रकार राजेश पावरले पुष्टि नभएको बताएका छन् । त्योसँगै साना ठूला गरी ३० वटा ठूलो आवाज आएको राजेशले आफ्नो रिपोर्टमा बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले आफूले जित्ने अझै दाबी गर्न छोडेका छैनन् । उनले रुसलाई हतियार बिसाउन चेतावनी दिँदै आएका छन् । जेलेन्स्कीको बालहठले युक्रेन ५० वर्ष पछि धकेलिइसकेको छ ।

यु’द्धमा आफू जित्ने सम्भावना नभएपनि अझै नागरिकलाई उचालिरहेका छन् । हतियार बाडिरहेका छन् । घरघरबाट लड्न भनेका छन् । यसलाई राष्ट्रवाद भन्न पनि सकिएला तर यो उनको बालहठ नै हो । जेलेन्स्कीले पटकपटक अनुरोध गर्दा पनि अमेरिकासहितका देशहरुले भौतिक रुपमा उभ्याउन सके  न रुससँग भएका दुई चरणका वार्तामा सफलता पाउन नै । युद्धकै बीच जेलेन्स्कीले आफ्नो देशलाई नेटो र ईयूमा सहभागी गराउन आग्रह गरे तर सफल हुन सकेनन् । रुसका कट्टर विरोधी अमेरिका, बेलायतले उचाल्दैमा युद्धको लागि तयार हुनु उनको राजनीतिक अपरिपक्कताको परिणाम हो । सुरुमा युक्रेनमा हमला गरे रुसमै हमला गर्ने चेतावनी दिने नेटोले शुक्रबार औपचारिक रुपमै युक्रेन युद्धमा सहभागी नहुने घोषणा गरेको छ । सँगै युक्रेनको आकाशलाई प्रतिबन्ध गर्न पनि नसक्ने बताएको छ । यति भनिसक्दा पनि जेलेन्स्की अझै बालहठमै छन् । जेलेन्स्कीले पछिल्लो पटक उर्जाकेन्द्र रुसले नियन्त्रणमा लिएपछि युरोपका देशलाई गरेको आग्रह पनि कसैले सुनेनन् । शनिबार जेलेन्स्कीले युक्रेनमा पुटिनलाई नरोके पूरै युरोप रोक्न नसकिने बताएका छन् ।

जेलेन्स्कीको राजनीतिक अपरिपक्कता

जेलेन्स्की कमेडियन कलाकारबाट एकै पटक राष्ट्रपतिमा निर्वाचित भए । युक्रेनी जनताले शान्तिको लागि उनलाई मत दिएका थिए । तर, उल्टो भयो । अमेरिकाले सन् २०१४ देखि नै युक्रेनमा प्रत्येक्ष रुपमा रुसविरुद्ध उभ्याउँदै आएको थियो । टिभीमा राष्ट्रपतिको रोल खेल्ने जेलेन्स्की सन् २०१८ मा पार्टी नै खोले । उनलाई रिलमा खेल्दाखेल्दै राष्ट्रपति बन्ने भुल सवार भयो । पार्टीको नाम ‘जनताको नोकर’ राखे । रुसी गुप्तचरको रिपोर्टअनुसार कलाकारिता छोड्न लगाएर अमेरिकाकै योजनामा उनलाई नयाँ पार्टी बनाउन लगाइएको थियो ।

रिलमा देखेझैं राष्ट्रपति देख्न चाहनअनुसार सन् २०१९ को चुनावमा युक्रेनी जनताले मत दिए । यीनलाई जिताउने अमेरिका, बेलायत आफै लागेको बताइन्छ । जेलेन्स्कीले पदभार ग्रहण गरेपछि भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरुद्ध कडा कदम चाले । यसबाट पनि पुष्टि हुन्छ कि उनी अमेरिकाकै योजनामा राजनीतिमा आएका थिए ।

सोभियत संघ ढलेसँगै युक्रेन अलग भयो । अमेरिकाले जहिले पनि युक्रेनलाई रुसविरुद्ध उभ्याउने उचालिरह्यो । तर, रुसविरुद्ध लाग्नु आफ्नै विनास हुनु हो भन्ने निष्कर्षसहित यसअघिका नेतृत्वले अमेरिकी योजनालाई खारेज गर्दै आएका थिए । सन् २०१० मा राष्ट्रपति बनेका भिक्टर यानुकोबिचले युक्रेनलाई नेटोमा सामेल हुने प्रस्तावलाई अस्वीकार मात्रै गरेनन् युरोपेली संघमा जोड्न प्रस्ताव सदाको लागि खारेज गरिदिएका थिए । सन् २००८ मा युक्रेन र जर्जियालाई नेटोमा आबद्ध गराउने प्रस्तावको यानुकोबिचले विपक्षमा भोट हाले । यसमा अमेरिका सफल नभएपछि सन् २०१३ नोभेम्बरमा युक्रेनलाई युरोपेली संघसँग जोड्ने प्रस्ताव यानुकोबिचले सदाका लागि खारेज गरिदिएका थिए ।

यानुकोबिचका यी कदमपछि अमेरिकाले उनीविरुद्ध रुसी भाषीले युक्रेनीमाथि दमन गर्न लागेको भन्दै जबरजस्त युक्रेनीलाई उचाल्दै आयो । अमेरिकाले सुरुमा पश्चिमी युक्रेनीलाई उनीविरुद्ध उचाल्यो । सन् २०१४ मा पश्चिमबाट सुरु भएको विरोध प्रदर्शन पूर्वमा पनि पुग्यो । प्रदर्शनको क्रममा ७७ जनाको ज्यान गएपछि यानुकोबिचले राजिनामा दिए । राजनीतिमा परिपक्क यानुकोबिचलाई अपदस्त गरेपछि युक्रेनमा राजनीति अस्थिरता सिर्जना भयो । यही बीचमा रिलका राष्ट्रपति जेलेन्स्कीलाई रियल राष्ट्रपति बनाइयो । उनी राजनीतिमा परिपक्क नभएको अहिलेको परिणाम हो ।

जेलेन्स्कीको गोयबल्स शैली

रुसी सेनाले सबै सहर नियन्त्रणमा लिँदै राजधानी किभलाई घेराउ गरी हमला सुरु गरिसक्यो, अझै जेलेन्स्कीले जित्ने दाबी गरिरहेका छन् । किभमा रहेका पत्रकार राजेश यसलाई जेलेन्स्कीको ‘प्रचारयुु’द्ध’ भन्छन् । जेलेन्स्कीले अहिले बिसौं शताब्दीको चौथो दशकमा हिटलरका संचारमन्त्री जोशेफ गोयबल्सको शैली अपनाएका छन् । उनीलाई पश्चिमा मिडियाको सहयोग छ । रुसविरुद्ध यति प्रचार गरिएको छ कि सुन्दा मानिसको दिमाग नै खराब हुन्छ । शुक्रबारसम्म रुसका ९ हजार सेनाको ज्यान गइसकेको छ । ३ सय ट्यांकर, १५० हेलिकोप्टर, ५० फाइटर विमान आदि युक्रेनी सेनाले ध्वस्त गरिसकेको युक्रेनी मिडियाले बताएका छन् । रुसी सेनाका हजारौं जवानलाई बन्धक बनाएको, रुसले गैरसैनिक इलाकामा हमला गरेको जस्ता प्रचार जेलेन्स्कीले गरिरहेका छन् । यसलाई किभमै रहेर प्रत्यक्ष युद्धको परिपोर्टिङ गरिरहेका भारतीय पत्रकार राजेश पावर अस्वीकार गर्छन् । उनी यदि रुसले गैरसैनिक इलाकामा हमला गरेको भए आजसम्म लाखौं नागरिकको ज्यान गइसक्ने बताउँछन् ।

गोयबल्सले जस्तै असत्य कुरालाई सयौं पटक सत्य भनेपछि सत्य हुन्छ भन्ने शैली जेलेन्स्कीले अपनाएका छन् । जेलेन्स्कीले कहिले १७ हजार विदेशी नागरिक लड्न युक्रेन आउँदैछन्, नेटो र इयूसहित सारा विश्वले साथ दिएको छ । सेना र हतियार पठाउँदैछ भनेर जेलेन्स्कीले भिडियो सन्देश दिएका थिए । तर, अहिलेसम्म न विदेशी नागरिक नै आए, न नेटो र इयूले सदस्यता दिएर सहयोग नै गरे । नेटोले रुसविरुद्ध लड्न उचाल्न तयार गरेको फोर्टिफिकेशन र गोदाम गरेका हतियार, तामिलकै भरमा अहिले युक्रेनी लडिरहेका छन् । रुसी संचारमाध्यको एक रिपोर्टअनुसार युक्रेनी सेनाले रुसी सेनाको ड्रेस लगायका केही व्यक्तिहरुलाई आत्मसमर्पण गरेको प्रचार गरिएको छ ।

राष्ट्रसंघको पछिल्लो रिपोर्टअनुसार १२ लाख युक्रेनीले देश छोडिसकेका छन् । उनीहरु पोल्याण्ड, हंगेरीलगायतका युरोपका अन्य देशमा पलायन भएका छन् । तर जेलेन्स्की आफ्नो बालहठ त्यागेका छैनन् । जेलेन्स्की पुटिनको अगाडि सामान्य केटोकेटीजस्तै हुन् । उनको परिपक्कता प्रचारशैलीमा पनि देखिएको छ । पुटिनले उनको प्रचारलाई कुनै वास्ता नै गरेका छैनन् । गोयबल्सले हिटलरलाई भगवान बनाउन प्रयास गरेपनि दोस्रो विश्वयु’द्धमा अन्ततः रुसी सेनाको अगाडि केही नचली बंकरमै आत्मह’त्या गर्नु परेको इतिहास चाँसी छ । २१ औं शताब्दीमा २० शताब्दीको गोयबल्सको शैली काम लाग्दैन भन्ने कुरा जेलेन्स्कीले बुझ्न जरुरी छ । जेलेन्स्कीको यही बालहठका कारण रुसी सेनाको अगाडि बंकरमै अन्त्य अवश्य हुनेछ ।

जेलेन्स्की २१ औं शताब्दीको निरो 

जेलेन्स्कीलाई रोमन सम्राट निरो सँग तुलना गर्न सकिन्छ । निरो इटालीका शासक थिए, रोममा ठूलो आगलागी भयो । आगलागी नियन्त्रणमा ल्याउन सकेनन्, त्यही बेला निरोले जनताको ध्यान मोड्ने र नागरिकलाई कसरी उल्लु बनाउने ? भन्ने कुरा सोच्न थाले । निरो रोममा भएको आगलागी जनतालाई जानकार नहोस् भन्ने चाहन्थे । किनकि, उनी आफू असफलता भएको देखाउन चाहदैन थिए । त्यसैले जनता र वुद्धिजीवीको ध्यान अन्तै मोड्न उनले आफ्नै दरबारमा विशेष भोजको आयोजना गरे ।

आगलागी नियन्त्रणमा ल्याउन नसकेकोमा आलोचना गर्ने सबैलाई भोजमा बोलाइयो । भोजमा पत्रकार, बुद्धिजीवी, व्यपारी, अधिकारवादी, प्रगतिशील लेखक, नागरिक अगुवा, कलाकार लगायत रोमका सबै विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो । दरबारभित्र सजिलै प्रवेश नदिने उनले उक्त भोजमा आलिसान दरबारको बगैंचा खुल गरिदिए । यता रोम जलिरहेको थियो, यता सम्राट निरोदेखि देशका विशिष्ट व्यक्तिहरु भोजमा मस्त थिए । उनीहरु भोज र नसामै लठ्ठिएका थिए ।

साँझ परेपछि भोज आयोजना गरेको ठूलो बगैंचामा बत्तिको थिएन । निरोलाई भोजमा मस्त भएका मान्छेहरुको ध्यान आगलागीतिर जानेमा चिन्ता थियो । उनले उज्यालो बनाउने कुनै उपाय नभेटाएपछि सैनिकलाई रोमका जेलमा रहेका थुनुवालाई भोजमा ल्याउन आदेश दिए । उक्त बगैचाका पर्खालमा बाँधेर कैदीहरुमाथि आगो लगाइयो । त्यही ज्यालोमा भोज सफल पारियो । आगोले सखाप पार्यो ।

त्यस्तै अहिले जेलेन्स्कीले गरिरहेका छन् । पूरै युक्रेन जलिरहेको छ । उनी गुफामा बसेर झुटको बाँसुरी बजाइहेका छन् । युक्रेनका भौतिक संरचनाको आगोको ज्यालोमा झुटको खेती गरिरहेका छन् । जनतालाई अझै उल्लु बनाइरहेका छन् । जेलेन्स्की रोमका निरो जस्तै मुर्ख भएकै कारण सारा युक्रेन जलिरहेको छ । सामरिक महत्व बोकेको युक्रेन भग्नावशेषमा परिणत भइसकेको छ । आझैं उनले नागरिकलाई उल्लु बनाइरहेका छन् ।

रुस र युक्रेनको सम्बन्ध

कुनै बेला युक्रेन रुसी समाजवादी छातामुनी नै थियो । शितयुद्धसँगै सोभियत संघ ढल्यो । सोभियत संघकै बेला सन् १९५४ मा सोभियत प्रधानमन्त्री निकिता ख्रुश्चेभले सोभियत कृष्ण सागर जहाजी सेनाको केन्द्र रहेको क्रिमियालाई रूसीगणराज्यबाट युक्रेनी गणराज्यमा स्थानान्तरण गरेका थिए । त्यतिबेला युक्रेन र क्रियमिया सोभियत संघमै थिए । यी दुबै मस्कोप्रति उत्तरदायी थिए । सोभियत सङ्घको विघटन हुनुअघि, जनमत सङ्ग्रहपछि सन् १९९१ मा क्रिमियको स्वायत्तता पुनः स्थापित भएको थियो ।

सन् १९९१ देखि एक स्वतन्त्र देश भएतापनि, रुस र युक्रेनबीच घनिष्ठ सम्बन्ध थियो । रुसले युक्रेनलाई असल छिमेकीरुपमा सहयोग गर्दै आएको थियो । असल मित्र भएकै कारण १९९४ डिसेम्बरमा रुसको चाहनाअनुसार युक्रेनले आणविक हातीयार त्याग्ने बुडापेस्ट ज्ञापनपत्रमा हस्ताक्षर गरेको थियो ।

जब सन् २०१४ मा अमेरिकाको योजनामा युक्रेनमा प्रदर्शन सुरु भयो । रुसले आफ्नो सुरक्षासँग जोडिएको क्रिमियामा जनमत संग्रह भयो । क्रिमियाले रुससँग गाभिने फैसला गर्यो । क्रिमियाली जनताको चाहना विपरित युक्रेन सरकार जान थालेपछि रुसले सैनिक हस्तक्षेप गर्नु परेको थियो । सन् २०१४ बाट बिग्रिएको सम्बन्ध युद्धमा परिणत भयो । यसको लागि जेलेन्स्की जिम्मेवार छन् । उनले रुसी चासो र चिन्तालाई बेवास्ता गर्दै युक्रेनलाई नेटो र इयूमा समावेश गर्ने योजना बनाए । रुसले यु’द्ध जित्नेमा कुनै शंका छैन । यु’द्ध जितेपछि पनि रुसले युक्रेनको सन् २०१४ भन्दा पहिलेको सम्बन्ध चाहनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal