आज :

अमेरिकन क्रान्ति र आजको नेपाल

सन् १९४५ अगस्त ६ र ९ मा जापानको हिरोसिमा र नागासाकीमा एटम बम प्रहार गरि करिब एक लाख तेह्र हजार (अनुमानित ७८,०००+३५,०००) नागरीकको कत्ल्याम गरेर दोस्रो विश्वयुद्धको अन्त्यसँगै शक्तिशाली राष्ट्रको रुपमा उदाएकोे संयुक्त राज्य अमेरिका आजभन्दा करिब ५२८ बर्ष अगाडि पत्ता लागेको थियो । इटालीको जिनोआ नगरको एक गरिव परिवारमा जन्मिएका क्रस्टोफर कोलम्वसलाई तत्कालिन स्पेनका राजा फर्डिनाण्ड र महारानी इसावेलाले यात्राको लागि चाहिने सबै ब्यवस्थापन (बन्दोवस्तीका सामान, पैशा र जहाज) गरि दिएपछि भारतीय उपमहादीपको खोजिमा हिडेका उनी १२ अक्टोबर १४९२ मा उत्तरी अमेरिकाको वहामा द्वीप (सान साल्भाडोर) मा पुगेका थिए । यद्धपी उनले त्यसैलाई भारत सम्झेपनि त्यो भारत नभई अमेरिका नै थियो । ३ अगस्त १४९२ बाट शुरु भएको उनको युरोपको पश्चिम बाटो हुँदै एटलान्टिक महासागर पारगरी एसिया (भारतीय उपमहादीप) पुग्ने अभिलाषाले करिब ७० दिन पश्चात सुमन्द्रबाट जमिनमा पाइला टेक्ने अवसर पाएको थियो । यही दिनबाट नै शुरुवात हुन्छ आजको शक्तिशालि अमेरिका (आफैले भन्दै गरेको तर सारमा नभएको) को औपचारिक इतिहास । ७७.१ प्रतिशत सेता, १३.३ प्रतिशत काला, ५.६ प्रतिशत एशियन र ४ प्रतिशत अन्य समुदाय रहेको अमेरिकाले करिब १८३ (१६०० देखि १७८३ सम्म) बर्ष युरोपिएन देशहरु (फ्रान्स, स्पेन, बिशेषतः ब्रिटीश) को उपनिवेशवाट रक्तपातपूर्ण क्रान्ति गरेर आफुलाई स्वतन्त्र घोषणा गरेको थियो । तत्पश्चात् अमेरिका एक सवल, स्वाधिन र शक्तिशाली राष्ट्रको रुपमा उदाएको थियो जो आजसम्म पनि यो वा त्यो नाममा कायम नै छ ।

आज बिश्वका धेरै मानिसहरुको गन्तब्य स्थान बन्न पुगेको छ अमेरिका । अझभन्दा तेस्रो विश्वका अधिकांशको सपना नै अमेरिका हुने गरेको छ । तर सबैले बुझ्ने कुरा के हो भने आजको अमेरिकाले पनि इतिहासका बिभिन्न कालखण्डमा स्पेन, फ्रान्स र ब्रिटीशहरुको उपनिबेश भएर बाँच्नु परेको थियो । यतिसम्म हुन्थ्यो कि अमेरिकाको भुभागलाई आफ्नो अधिनमा लिनको लागि फ्रान्स र ब्रिटीशहरु लड्थे र त्यसमा कैयौं अमेरिकनहरुले पनि ज्यान गमाउनु परथ्र्यो । यसले के स्पस्ट हुन्छ भने साम्राज्यवादको उत्पिडनबाट बाहिर निस्कन कि त आत्मसमपर्ण, दलाली र दासताको जीवन जिउन जरुरी छ की त क्रान्ति गरेर देश र जनतालाई मुक्त गर्नु पर्दछ जुन अमेरिकी जनताले इतिहासमा गरेर देखाएका छन् । आज हाम्रो देश नेपाल जसरी भारतीय साम्राज्यवादको ठाडो शिकार भइरहेको छ, त्यसरी नै तत्कालिन अमेरिका पनि युुरोपिएनहरुको शिकार बनेको थियो ।

सन् १६०० बाट युरोपिएनहरुको उपनिबेश शुरु भएको अमेरिकामा १६५ बर्ष पछाडि (जतिखेर ब्रिटीशहरुले राज गरिरहेका थिए) सन १७६५ तिर मात्र क्रान्तिको आधारको निम्ति बातावरण तयार भएको थियो । त्यसपछिका करिब १८ बर्ष (१७६५ देखि १७८३) क्रान्तिमय बनेका थिए । सन् १७६५ बाट शुरुवात भएपनि खास क्रान्ति १७७५ देखि १७८३ सम्म ८ बर्ष मात्र चलेको थियो । यो युद्धलाई अमेरिकामा American Revolutionary War / American War of Independency पनि भनिन्छ । यो क्रान्ति मुलतः १५÷२० प्रतिशत ब्रिटीशहरुबिरुद्ध ८० प्रतिशत राष्ट्रवादी अमेरिकनहरुको लडाइँ थियो । १६ औं र १७ औं शताब्दीतिर पूरै युरोपिएनहरुको उपनिवेश भएको अमेरिकामा तत्कालिन ब्रिटीश साम्राज्यले १३ वटा कोलोनी बनाएर फरकफरक हिसाबले राज गरिरहेको थियो । जनताहरु पूरै असन्तुष्ट थिए । उनीहरुलाई कुनै अघिकार नै थिएन । त्यसैले गर्दा जनताहरुलाई जबरजस्त क्रान्तिको लागि प्रेरित गरिरहेको थियो । त्यो समयमा जनताले मुलतः ४ वटा सवाल उठाइरहेका थिए । ति थिए : Natural law & Rights(प्राकृतिक कानून र अधिकार),Liberalism (उदारवाद), Property Rights (सम्पक्तिको अधिकार) र Republicanism (गणतन्त्रवाद) । यी सवाल नै अन्ततः अमेरिकन क्रान्तिका लागि प्रमुख आधार बने ।

अमेरिकी भुभाग कब्जाको निम्ति फ्रान्स र ब्रिटेनबीच करिब ७ बर्ष (१७५६ देखि १७६३) लडाइाँ भएको थियो । यो लडाइँमा फ्रान्स नराम्रोसँग हारेपछि मिसिसीपि नदीदेखि यता र उता सबै ब्रिटीश र स्पेनले कब्जा जमाएपछि अमेरिकामा फ्रान्सको साम्राज्य लगभग समाप्त भएको थियो । यो लडाइँलाई अमेरिकी इतिहासमा 7 Years War भनेर चिनिन्छ । यो यद्धले गर्दा ब्रिटीशहरुलाई धेरै नै रिणको भार भएकोले तत्कालिन ब्रिटीश राजा George III ले रिणबाट मुक्त हुन थुप्रै Unpopular Acts ल्याएका थिए । जसमध्ये पहिलो थियो Sugar Act 1764: यो कानूूून अनुसार अमेरिकाले जति पनि चिनी उत्पादन गर्छ त्यो सबै ब्रिटीशलाई दिनुपर्ने । दोस्रो, Quartering Act 1764 : यो कानून अनुसार सबै ब्रिटीश आर्मीलाई अमेरिकनहरुले घरमा बस्न दिनुपर्ने । साथै उनीहरुको लजिङ फुडीङको ब्यवस्थापन पनि सोही घरले गर्नुपर्ने । तेस्रो, Stamp Act 1765 : यो कानून अनुसार सबै कानूनी पेपर, पत्र पत्रिका आदिमा ब्रिटीश सरकारको छाप लगाउने र सो बापत कर तिर्नुपर्ने । यसरी अमेरिकनको सहभागिता बिना नै ब्रिटेनमा कानून बन्ने र अमेरिकामा लागु हुने परिपाटीले कैयौं वकील, पत्रकार र पढेलेखेका मानिसहरुलाई आन्दोलन गर्न बाध्य बनायो ।

जुन आन्दोलन शुरुवाती दिनमा No Taxation Without Representation भने पनि अन्ततः No Tax को स्तरमा पुग्यो । यो आन्दोलनले उग्ररुप धारण गर्ने क्रममा सन् १७६५मा Samuel Adamps (स्यामुएल एडम्स्) को नेतृत्वमा Sons of Liberty भन्ने संगठन निर्माण भयो । संगठन निर्माण पश्चात क्रान्तिकारी नेता एडम्सले भनेका थिए हामी हिं सा पनि प्रयोग गर्न सक्छौ । साथै ब्रिटीश सामाग्रीलाई पूरै निषेध गर्ने र उनीहरुसँग भएका सबै ब्यापार सम्झौता रद्ध गर्ने । आन्दोलनलाई ब्यवस्थित गर्ने क्रममा स्यामुएल एडम्स्ले प्रत्येक शहरमा Committees of Correspondence गठन गरी सूचना आदानप्रदान गर्न थाले । ब्रिटीश सरकार किन गलत छ, हामी किन आन्दोलन गदैछौं भन्ने कुरा चिठीमा लेखेर त्यो कमिटीको सदस्यले सूचना सम्प्रेशित गर्दथे । यसरी आन्दोलन ब्यवस्थित र सुदृढ ढंगले अगाडी बढेपछि ब्रिटीश सरकारले नयाँ कानून Declaratory Act 1766 बनायो । यो कानूनले पहिलेको कर तिर्नु पर्ने कानून त बनायो तर जनसुकै बेला पनि कानून र कर कानूनहरु बन्न सक्छ, त्यो अधिकार राजा र सरकारलाई सुरक्षित नै छ भने पछि अमेरिकनहरु झन चिडिनु पर्ने परिस्थिति निर्माण भयो ।

एकपछि अर्को कानून बनाएको ब्रिटीश सरकारका तत्कालिन अर्थमन्त्री Charles Townshend ले फेरी Townshend Act 1767 पारीत गराए । जुन कानूनमा मुख्य गरी तिन वटा कुरा उल्लेख गरिएका थिए । पहिलो Nework Legislature लाई निलम्बन गर्ने, दोस्रो अत्यावश्यक बस्तुमा धेरै नै कर तिर्नु पर्ने र तेस्रो कुनै पनि बेला कसैको घरमा गएर तलास गर्न पाइने (जस्तो हाल प्रतिबन्धित नेकपा का नेता कार्यकर्ताहरु माथि भैरहेको छ) । टाउनसेण्ड कानूनका बिरुद्ध आन्दोलन चर्कदै गयो तत्पश्चात बोस्टनमा १७७० मा ५ जना आन्दोलनकारीको मृत्यु भयो । यस्लाई अमेरिकी इतिहासमा बोस्टन नरसंहार पनि भनिन्छ । यो घटनालाई आन्दोलनका नेता Samuel Adamps र Paul Revere ले अति नै पब्लिकमा लगेर प्रपोगाण्डा बनाए । तत्पश्चात अमेरिकन आन्दोलनकारीले कर कानून को मात्र बिरोध गरेनन, उनीहरुले त ब्रिटीश राज र उनीहरुले बनाएका निति नियमकै विरोध गरेर आन्दोलनलाई थप उचाईमा पु¥याए । आन्दोलनले उग्ररुप लिए सँगै बिटीश सरकार आप्mनो नयाँ कानूनको निर्णयवाट पछि त हट्यो तर उसले अर्को नयाँ कानून Tea Act 1773 बनायो । जस्मा निम्न कुराहरु उल्लेख थिए । पहिलो त पहिलेका कानूनले बनाएका सबै करलाई हटाएर चियामा मात्र कर कायम गर्ने । किनकी सबैभन्दा धेरै कारोवार चियाको हुन्थ्यो । नयाँ प्रधानमन्त्री Lord North को पालामा बनेको यो नियम पछि आन्दोलन चर्कदै गयो र आन्दोलनकारीले चियाका जहाजलाई बन्दरगाहमा उर्तन नदिने, चियाको किनबेच नगर्ने सम्मको निति अपनाए ।

यति मात्र होइन 16th  December 1773 मा Samuel Adsamps को ग्रुपले ले पानीजहाज नै कब्जा गरेर दश हजार पाउण्डको चिया समुन्द्रमा फालिदिएका थिए । यस घटनालाई Bostan Tea Party का रुपमा चित्रित गरिन्छ । यो घटना पछि ब्रिटीश सरकारले अर्को नयाँ कानून Bostan Tea Party ल्यायो । जस्मा पब्लिक मिटिङ पुरै ब्याण्ड गर्ने (जुन हाल प्रतिबन्धित नेकपा माथि भैरहेको छ) , बोस्टन बन्दरगहा बन्द गर्ने, समन्द्रमा फालेको चियाको क्षतिपर्ति दिनु पर्ने र Samuel Adamps लाई गिरफ्तार गरेर लण्डन पठाउने । यो कानून पश्चात त आन्दोलन शान्तिपूर्णवाट हिं.सात्मक तर्फ अगाडी बढ्यो । आन्दोलनकारी अमेरिकन राष्ट्रवादीहरुले मिलिसिया तयार पार्नेदेखि हतियार जम्मा पारी तालिम शुरु गरे ताकी ब्रिटीशसँग हुने आगामी लडाइँमा लड्न सजिलो होस् । यसरी आन्दोलकारीले लडाइँको तयारी मात्र गरेनन की उनीहरुले १३ वटा कोलनीबाट प्रतिनिधीहरु बोलाएर सेप्टेम्बर १७७४ मा 1st Continental Congress गठन गरी स्वतन्त्र अमेरिकन सरकार समेत बनाए (नेपालमा प्रतिबन्धित नेकपाले क्रान्तिकारी जनपरिषद बनाए जस्तै)। जुन सरकारले ब्रिटीश सरकारलाई निषेध गरी स्वदेशी सामान मात्र प्रयोग गर्ने र अन्तमा ब्रिटीशसँग ब्यापार नै समाप्त गर्ने निर्णय ग¥यो । जुन निर्णय अमेरिकी क्रान्तिको लागि कोशेढुङ्गा सावित भएको थियो ।

शारिरीक र मानसिक रुपमा नै विट्रीश राज्यका विरुद्ध लड्ने सोच बनाएको कन्टिनेन्टल कंग्रेसले जनरल जर्ज वाशिंटन(अमेरिकाको पहिलो राष्ट्रपती) को नेतृत्वमा कन्टिनेन्टल आर्मी फोर्स नै गठन गरि सकेको थियो । अप्रिल १७७५ बाट आन्दोलनको उच्च रुप क्रान्तिको शुरुवात भयो जस्लाई अमेरिकन क्रान्तिको नाममा अगाडी बढाइयो । कन्टिनेन्टल आर्मीले सबै भन्दा पहिले Lexington र Concord मा ब्रिटीश फौजमाथि आक्रमण गरि क्रान्तिको औपचारिक शुरुवात ग¥यो । लडाँइ भिषण तरिकाले अगाडी बढीरह्यो । बिट्रिश राजाले लडाइँ रोक्न आदेश दिए । तर लडाई रोक्नको सट्टा कन्टिनेन्टल आर्मीको तर्फबाट राजा जर्जलाई पत्र लेखेर सबै कानून र कर कानून हटाऊ अनि मात्र लडाई रोकिन्छ भन्ने पत्र पठाइयो । राजाले सबै कानून हटाउन त कहाँ हो कहाँ उल्टै तिमिहरु देशद्रोही हौ । तिमिहरुलाई गिरप्mतार गरेर सजाय दिइन्छ भने (जुन केपी ओलीको सरकारले प्रतिबन्धित नेकपाका नेता कार्यकर्ताहरुमाथि गरिरहेको छ) । राजाको यस्तो खाले अभिब्यक्तिले कन्टिनेन्टल कंग्रेसलाई आव्रmोसित मात्र गरेन की क्रान्तिलाई थप उचाईमा पर्याउने बाटो पनि खुल्ला गरिदियो । यसरी क्रान्तिले तिर्वता पाइरहँदा दोस्रो कन्टिनेन्टल कंग्रेस बन्नु भन्दा अगाडी १७७५ देखि १७७६ को बिचमा थोमस पेइनी द्धारा लिखित कमन सेन्स नोट पुरै शहरमा सर्कुलेट गरियो । ४८ पेजको नोटमा औपचारिक रुपमा ब्रिटीश साम्राज्यवाट स्वतन्त्रताको आहवान गरिएको थियो । क्रान्ति शुरु गरेको छोटो समयमै सन १७७६ मा कन्टिनेन्टल कंग्रेसले पुरै १३ वटै कोलनीमा कब्जा जमाइसकेको थियो । उनीहरुले त्यहाँ आफ्नो सरकार, आफ्नो न्यायधिश नियक्ति र नयाँ संविधान समेत बनाई सकेका थिए (जुन नेपालमा नेकपाले आफ्नो सरकार, आफ्नो न्याधिश र आफ्नो संविधान बनाए जस्तै) । तत्पश्चात १३ वटै शहरले अब हामी कोलनी नभएर राज्य हौ भनेर घोषणा गरे । थोमस जेफरसन द्वारा लिखित घोषणा पत्र मार्फत 4th July 1776 मा स्वतन्त्र भएको घोषणा भयो ।

यो स्वतन्त्रताको क्रान्तिमा कन्टिनेन्टल कंग्रेस नै सरकार जस्तो भयो र यसले नै सम्पूर्ण चिजको ब्यबस्थापन गर्यो । यो स्वतन्त्रताको क्रान्तिमा अमेरिकी राष्ट्रवादीहरुलाई फ्रान्सले पैशा र सेना पठाएर समेत सहयोग गरेको थियो । जुन सहयोगलाई अमेरिकामा ब्रिटीशले आफ्नो साम्राज्य समाप्त पारेको बदला स्वरुप पनि लिन सकिन्छ । यतिसम्म हुँदा पनि ब्रिटीशहरु युद्ध मैदानमै थिए । उनीहरुले हारमानेका थिएनन तर उनीहरु अमेरिकामा गुम्दै गरेको आफ्नो साम्राज्यको साछी भएर लडिरहेका थिए । अन्ततः अक्टोवर १७८१ मा अंग्रेज जनरलले आत्मसमर्पण गर्छन र लडाँई समाप्त हुन्छ । औपचारीक रुपमा लडाईको अन्त्य गर्न 3rd September 1783 का दिन फ्रान्समा Treaty of Paris गरिन्छ । जुन सन्धीमार्फत ब्रिटेनले अमेरिकालाई स्वतन्त्र देशको मान्यता दिन्छ र देश स्वतन्त्र हुन्छ र क्रान्ति सम्पन्न भएको आवास प्रत्येक अमेरिकनलाई हुन्छ ।

अमेरिकाको यो स्वतन्त्रताको क्रान्तिमा करिब १ लाख सेनाले आफ्नो ज्यान उत्सर्ग गरेका थिए । लडाँईमा नै करिब १५ प्रतिशत जति मारिए पनि ८५ देखि ९० प्रतिशत सैनिक भने विरामी भएर मरेका थिए । क्रान्ति सम्पन्न भए पश्चात अमेरिका एउटा त्यस्तो देश बन्यो जहाँ पहिलो पटक जनताद्धारा चुनिने राष्ट्रपति प्रणली शुरु भयो (Mass based not Leader based) । यति मात्र होइन 21st June 1788 मा संसारको पहिलो लिखित संबिधान बनाएर अमेरिकाले आफुलाई संस्थागत रुपमा अगाडी बढायो । क्रान्तिले सदैब चौतर्फी परिवर्तनको माग गर्दछ । तर कैयौ बर्षसम्म अरु देशको उपनिवेश भएर रहेको अमेरिकाले महिलाहरुलाई अधिकार नदिनु र करिब ३० प्रतिशत दासहरुलाई मुक्त नगर्नु आफैमा बिडम्वनापूर्ण थियो । क्रान्ति पश्चात पनि गोराहरुले कालाहरुमाथि निकृष्ट ब्यवहार गरिनै रहे यस्तै खाले असमान्ता र अन्यायले फेरी अमेरिकालाई गृहयुद्धतिर धकेल्यो । यसैको उदाहरण थियो रेड इन्डियन आदिवासीहरुले गरेको बिद्रोह । त्यही बिद्रोहमा गोराहरुको तर्पmबाट लडेका अब्राहम लिंकनले सन १८६० मा राष्ट्रपति भएपछि देशमा रहेको दासप्रथा हटाए । उनले करिब ४० लाख दासदासीलाई मुक्त गरे । त्यसको बिरोध मात्र भएन काला र गोराहरुबिच यद्ध नै शुरु भयो । जस्ले गर्दा लाखौ मानिसहरुले ज्यान गुमाए । अन्ततः लिंकनले जातजातिहरुलाई मिलाए , उत्तर र दक्षिणलाई जोडे, पर्व र पश्चिमलाई जोडे र बनाए संयुक्त राज्य अमेरिका । सन १८६४ मा त्यही संयुक्त राज्य अमेरिकाको उनी राष्ट्रपति भए ।

आजको नेपालको परिस्थिति हेर्दा लाग्छ त्यही अमेरिका जो २५५ बर्ष पहिले थियो । घोषित रुपमा त नेपालमा उपनिवेश कायम छैन तर अघोषित रुपमा नेपाल पश्च्मिाहरुको र बिशेषत भारतको उपनिवेशिक हेराईबाट प्रताडित छ । अमेरिकी प्रोजेक्ट एमसीसी र चिनियाँ प्रोजेक्ट बिआरआईको भूराजनैतिक चक्रब्यूमा नेपाल फस्ने खतरा सतहमा नै आईरहेको छ । नेपाली जनता र बिभिन्न राजनैतिक दलहरुले तिर्ब बिरोध गरेपनि नेपाली कांग्रेसको सहयोगमा केपी ओली गुट संसदबाट नै एमसीसी अनुमोदन गराउन चाहान्छ । आज उपनिवेशको चरित्रमा बदलाव आएको छ । हिजो जस्तो प्रत्यक्ष रुपमा शासन गर्नुको सट्टा आफ्ना दलालहरु खडा गरेर सासन गरिन्छ । यस्लाई राजनैतिक रुपमा नवउपनिवेश पनि भन्ने गरिएको छ । १५ अगस्त १९४७ पुर्व ब्रिटीशको उपनिबेश भएको भारतले आज नेपाल जस्ता दक्षिण एसियाका अन्ने साना देशहरुलाई सदैब उपनिबेशिक आँखाबाट हेदै आएको छ । नेपालमा बिकास, निर्माण, शुसासन र राजनैतिक स्थिरताको मुख्य बाधकको रुपमा भारत रहदै आएको छ । नेपाली जनताले पटक पटक परिवर्तनको लागि आन्दोलन गरे पनि देश र जनताको जिवनमा कुनै परिवर्तन देखिएन । पटकपटकको आन्दोलनबाट नेपालमा

सक्ताको हस्तान्तरण भएपनि मुलभूतरुपमा सक्ताको रुपान्तरण भएन । सदैब नेताहरु जनताको एजेण्डाबाट च्यूत हुँदै भारतको इशारामा प्रत्यक्ष वा परोक्ष रुपमा नेपालमा सक्ता चलाउँछन । त्यसैले नेपालको नवउपनीबेशीक परिस्थितिले राष्ट्रिय मुक्ति संघर्षको आवश्यक्ता बोध गराइरहेकोे छ । दिन दिनै नेपालका सिमाहरु भारतद्धारा मिचिएका छन । टनकपुर ब्यारेजका कारण २२२ हेक्टर नेपाली भुमि अतिव्रmमणमा परेको छ । ब्रम्हदेव, बनवाशा र गड्डाचैेकीमा भारतले नियमित नेपाली भुमि अति.क्रमण गरिरहेको छ । सिमानामा एसएसबीले जमिन छोड्न चेतावनी दिन्छन् यदि नछोडे घर भत्काइदिने धम्की दिन्छन । नवलपरासीको सुस्तामा भारतले २०११ साल देखि नै अति.क्रमण शुरु गरि अहिलेसम्म करिब २२ हजार बिगाहा नेपाली भुमि अतिक्रमण गरिसकेको छ । दशगजाभन्दा ८ किलोमिटर वरपर दुई पक्षीय सहमति बिना बाँध बनाउन नपाउने अन्तराष्ट्रिय मापदण्ड मिचेर भारतले दशगजा भन्दा २ सय मिटर वर कलकलवा तटबन्ध निर्माण गरेको छ । मापदण्ड बिपरित बनाइएको कलकलवा तटबन्ध र लक्षमणपुर बाँधले बाँकेको राप्ती पारीका ९ गा.बि.स. का हजारौ नेपालीहरुलाई बर्षेनी वाली र डुवानको समस्या सृर्जना गरिरहेको छ । यतिमात्र होइन रुपन्देहीको दानव नदीमा वनेको रसियावाल खुर्दलोटन बाँधले दुई दर्जन गा.वि.स. हरु डुबानमा पर्नुका साथै २० किलोमिटर दशगजा पनि मिचिएको छ । सो बाँधले रुपन्देहीका मालिगाव, थुमुवा, पिप्रवा, असुरनैमा, बेचकुईमा, राइनिहवा, फेरना, सलौतिमा, वोगडी, सिवुवा, अमा, वभनी गा.बि.स. मात्र डुबानमा छैनन् गौतम बुद्धको जन्मस्थल लुम्बीनी पनि डुब्ने खतरामा छ ।

१९५० को असमान सन्धी, हातहतियार खरीद सम्बन्धी सन्धी, कालापानी सम्बन्धी गोप्य सन्धी, कोसी, गण्डकी, महाकाली, अपर कर्णाली, कोसी हाइड्याम जस्ता सहमतिहरुले त नेपालको राष्ट्रिय स्वाधिनतालाई नै गिज्याइरहेको छ । यि माथिका जति पनि समस्याहरु छन् त्यस्को कारक भनेको भारत नै हो । त्यसैले भारतको हेपाहा प्रवृतिका विरुद्ध सम्पर्ण नेपाली जनताहरु एक भै गर्ने संघर्षले मात्र देशको स्वाभिमान बचाउन सक्छ अन्यथा नेपाल पनि सिक्कीम जस्तै नहोला भन्न सकिन्न । अमेरिकन क्रान्तिमा जसरी स्यामुयल एडम्स र जर्ज वाशिंटन जस्ता पात्रहरु जन्मिए र देशलाई स्वतन्त्र, स्वाधिन र सबल बनाए त्यसरी नै नेपालमा पनि थुप्रै स्यामुयल एडम्स र जर्ज वाशिंटनहरु जन्मन जरुरी छ । ब्रिटीश सरकारको कर वृद्धिनै अन्ततः उसको साम्राज्य समाप्त गर्ने साधन बन्यो अमेरिकी राष्ट्रवादीहरुलाई । आज नेपालमा पनि जताततै कर आतंक सृर्जना भएको छ । जता ततै अन्याय, अत्याचार, दमन, शोषण, भ्रष्टाचार र बलत्कारका घटनाहरु सतहमा आएका छन् । कोरोनाले विश्वनै आतंकीत भएको समयमा पनि रोग र भोगको छटपछाटमा परेका जनतालाई लकडाउनमा राखेर केपी सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भई नै रह्यो । नेपालीहरुका मृत लाश र कात्रोमा पनि आर्थिक र नितिगत भ्रष्टाचार गरेर ओम्नी, यति र भाटभटेनी जस्ता दलालहरुलाई पोस्न लाग्यो केपी सरकार र उनका मन्त्रीहरु । सरकार बिष्णु पौडेल, गोकुल बास्कोटा, ईश्वर पोख्रेल, भानुभक्त ढकाल, महेश बस्नेत, कुमार पौडेलको हत्यारा सर्वेन्द्र खनाल, निर्मला पन्तका हत्यारा, रुकुम नरसंहारका अपराधीहरुलाई कार्वाही गर्नुको सट्टा उल्टै उनीहरुलाई संरक्षण गर्छ र उनीहरु बिरुद्ध आवाज उठाउने जनतामाथि गोली बर्षाउँछ ।

सामाजिक न्याय र समानता मागेर आन्दोलन गर्नेहरुलाई प्रतिबन्ध लगाएर कपोल्कल्पीत मुद्धामा फसाएर जेल र हिरासतमा राख्छ । न्यायलयमा न्याय किनीने र बेचिने साधन भएको छ । यसको सप्रमाण पछिल्लो समयमा आप्mनै श्रीमतिको पाशविक हत्या गरेर सर्वोश्व सहित आजीवन जेल सजाय पाएका पुर्व डिआईजी रञ्जन कोइरालालाई पैशा र पहुँचको आधारका सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासबाट गरेको कैद मिनाहलाई लिन सकिन्छ । दलाली र महँगीले सिमा नाघेको छ । शिक्षा, श्वास्थ्य र रोजगार जनताको पहुँचबाट धेरै नै टाढा भैसकेको छ । सुरक्षाको जिम्मा लिएकाहरुबाट नै जनता असुरक्षित भईरहेका छन् । देशको सिमा सुरक्षाको जिम्मा लिएको सेना देशको सिमाना मिचिदा पनि मुखदर्शक भईरहेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा हुँदै मानशरोबर जाने रोड खनेर भारतले हाम्रो राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमसत्तामाथि नै धावा बोल्दा पनि केपी सरकार तथाकथित नक्शा स्टन्ट गरेर सक्ता र आफ्नो कुर्शी जोगाउने खेलमा नै ब्यस्त छ । दिन दिनै देशको अस्मिता लुटिरहदा पनि सरकार र राजनितिक दलहरु भारत सामु लम्पसार हुन्छन् । यो परिस्थितिले नेपालमा पनि क्रान्तिको आवस्यक्ता अति नै महसुस गराइरहेको छ । २५५ बर्ष पहिलेको अमेरिका र आजको नेपालको परिस्थितिका केही समान्ताहरु छन् । त्यसैले यो परिस्थितिको हलको निमित्त राष्ट्रवादी आन्दोलन एक मात्र बिकल्प हुन सक्छ । जुन आन्दोलन सैन्य शक्ति सहितको बिद्रोहबाट हुने क्रान्तिले मात्र सम्भव छ । यसो हुन सकेमा समृद्ध राष्ट्रहरुको स्थानमा भोलिको नेपाल पनि नपुग्ला भन्न सकिन्न ।

अन्तमा देशले धेरै नै कष्ट भोगीरहेको छ । १९९३ देखि २०७८ सम्म आउँदा नेपालको राजनितीमा धेरै नै उतारचडापहरु आए । जनताले सदैब प्रगति, सम्वृद्धि, सुसासन र परिवर्तन चाहे तर नेताहरुको प्रबृति कहिल्यै परिवर्तन भएन । पछिल्लोपटक २०५२ देखि २०६२÷६३ सम्म चलेको माओवादी जनयुद्धले नेपाली जनतालाई ठूलो आशा र भरोशा दिलायो तर त्यो जनयुद्धको मुल नेतृत्वको हिस्सा नै क्रान्ति नहुँदै सचेततापुर्वक प्रतिक्रान्तिको रक्षा कवच बनेपछि त्यो आशा र भरोशाले पनि सार्थक्ता पाएन । माओवादी आन्दोलन वा नेपालको क्रान्तिलाई चिहानघाटमा पु¥याएको अवस्थावाट आज नयाँ तरीकाले क्रान्तिको पुर्नगठन गरिएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत दलाल पुजीवादी संसदीय ब्यवस्थाको चिहानबाट बैज्ञानिक समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने नेपाली जनताहरुको बर्षौदेखिको चाहना पुरा गर्न विप्लबको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिको मैदानमा छ ।

प्रतिबन्ध, दमन र धरपकटबिरुद्ध प्रतिरोध गर्दै वार्तामार्फत अगाडी बढिरहेकाले क्रान्तिको दायरा फराकिलो भईरहेको छ । राष्ट्रलाई स्वाधिन र स्वालम्बि बनाई बैज्ञानिक समाजवाद स्थापना नभएसम्म यो क्रान्तिले विश्राम लिनेवाला छैन । जसरी युरोप र अमेरिकाले इतिहासमा जसरी स्वतन्त्रता र स्वाधिनताको लागि संघर्ष गरे त्यसले बिश्वमै आन्दोलन र क्रान्तिको लागि उत्प्रेरणा जगायो । यद्येपी आज युरोप र अमेरिका पुँजीवाद र साम्राज्यवादका केन्द्र बनेका छन् तर तिनीहरुले इतिहासमा गरेको संघर्षबाट आजका नेपालीहरुले केही सिक्न जरुरी छ । आजका नौजवानहरुले आफ्नो गन्तब्य युरोप र अमेरिका नबनाएर नेपाललाई नै परिवर्तन गर्ने सोच्नु पर्दछ । आधुनिक दासको रुपमा बिश्वका गल्लीगल्लीहरुमा भौतारिने समस्याबाट नेपाललाई मुक्त गर्नु पर्दछ । यो मुक्ति केवल नेकपाको नेतृत्वमा हुँने चौतर्फी क्रान्तिले मात्र सम्भव छ । त्यसैले नेपाललाई सबै खाले समस्याका जन्जीरबाट मुक्ति दिलाउन एकपटक फेरि निर्णायक क्रान्तिको बाटोमा गोलबन्ध हौं र क्रान्तिभित्रै देशको भविश्य र देशको भविश्यभित्र आफ्नो भबिश्य खोजौं, जीत सत्यको हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal