आज :

साम्राज्यवाद विरोधी उत्तर कोरिया नेपालका लागि उदाहरण: वरिष्ठ नेता श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता, तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विश्वको साम्राज्यावाद विरुद्ध आजको दिनमा पनि एक्लै लड्नसक्ने उत्तर कोरिया नेपालका लागि उदाहरण भएको बताएका छन् । राजधानीको संवादडवलीमा विहिबार जुछे अध्ययन केन्द्र नेपालद्धारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा नेता श्रेष्ठले सो धारणा राखे ।

सो कार्यक्रममा विचारधाराको आधार तयार गरेका उत्तर कोरियाका महान नेता किम इल सुङले आफ्नै पनको मौलिक, वैचारिक, आर्थिक, सैदान्तिक रुपमा आफ्नो देशलाई सक्षम बनाएको बताए । नेता श्रेष्ठले देशमा राजनीतिक संकट गहिरिदै जानु कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै लानुमा मुख्य दोषी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेको बताए । आत्मनिर्णयको लागि अध्ययन केन्द्र नेपालले ३५ वर्ष अगाडि देशमा निरंकुश पञ्चायत व्यवस्थाले बोल्न नदिएको अवस्थामा विचारलाई प्रवाह गर्न वेदना पत्रिका मार्फत सिम्मा नाटक, लगायत कार्यक्रम गर्न सफल भएको बताए ।

कार्यक्रमका विशेष अतिथि उत्तर कोरियाका महामहिम राजदुत जो योङ मानले आफ्नो देश साम्राज्यावादीहरुले खडा गरेको कथित संकटपूर्ण अवस्थाभए पनि समस्या समाधान गर्न र चुनांैतीलाई सामाना गर्न सक्षम हुनेमा विस्वास्त रहेको बताए । कोरियाली महान नेता किम इल सुङको मार्ग निर्देशन र प्रेरणा रहेको उल्लेख गर्दै कार्यक्रम अर्थपूर्ण भएको बताउँदै आयोजकलाई धन्यवाद दिए । जुछे विचार अध्ययन केन्द्रका अध्यक्ष नहेन्द्र खड्काले समसामायिक अवस्थामा नेपालको राजनीतिक र नेपालले पनि जनवादी गणतन्त्र उत्तर कोरियाबाट सिक्नु पर्ने बताउँदै उत्तर कोरिया सानो देश भएर पनि आत्मनिभर बन्न सफल भएको बताए । साथै उनले उत्तर कोरिया विश्व सामू साम्राज्यवादको विरुद्ध एक्लो उभिन सक्नु गौरवको कुरा भएको बताए ।

केन्द्रका उपाध्यक्ष तथा पूर्वमन्त्री उमेशकुमार यादवले उत्तर कोरियाबाट धेरै कुरा सिक्नु पर्ने बताए । जुछे विचार धारा पत्रकार अध्ययन केन्द्रका अध्यक्ष तुलसीदास महर्जनले उत्तर कोरियालाई चौतर्फी रुपमा साम्राज्यवादले जकडाएर राखेको भएपनि आत्मनिर्भर देश भएकाले साम्राज्यवादीहरुको षदयन्त्रलाई असफल तुल्याउन सफल भएको बताए । साम्राज्यवादी विरोधी मोर्चाका अध्यक्ष तथा स्वतन्त्र पत्रकार नरेन्द्र जंग पिटरले आफू जुछे विचारधाराबाट पे्ररित भएको बताए । उक्त अवसरमा आत्मनिर्भर अध्ययन केन्द्रका अध्यक्ष सुभाष कुमार नेपाल, डिपी ढकाल, वसन्त श्रेष्ठ, लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पूर्व सभासद रुपा महर्जनले गरेकी थिइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal