आज :

‘भोलि हुने निर्वाचनमार्फत महासंघलाई श्रमजिवी पत्रकारको अभिभावक संस्था बनाउछौं’

काठमाडौँ । नेपाल पत्रकार महासंघलाई श्रमजिवी पत्रकारहरुको अभिभावक संस्था बनाउने प्रत्यासीहरुले प्रतिबद्धता जाहेर गरेका छन् । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्षको उम्मेदवार निर्मला शर्माले महासंघ कुनै एउटा विचार र आस्थाको भन्दा पनि सबैको साझा बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

कार्यक्रममा बोल्दै शर्माले आफूले विगतमा पनि महासंघको केन्द्रीय नेतृत्वमा रहेर श्रमजिवी पत्रकारको पक्षमा काम गरेको दाबी गरिन् । उनले महासंघको इतिहासमा आफू पहिलो महिला अध्यक्ष भएकोले बताउँदै मतदान गर्न आग्रह समेत गरिन् । त्यसैगरी बिपुल पोखरेल नेतृत्वको प्यानलका वरिष्ठ उपाध्यक्षका प्रत्येसी रमेश विष्टले निवर्तमान कार्यसमितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृढतापूर्वक संघर्ष गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरत लागिरहने बताए । निवर्तमान महासचिव समेत रहेका विष्टले सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन ल्याउँदा आफूहरु सडकमै आएर त्यसविरुद्ध लडेको बताए ।

“सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक तथा कानुन ल्याउँदा महासंघको नेतृत्वमा आन्दोलनमा उत्रेका थियौं । आन्दोलनको अगाडि सरकार घुडा टेक्न बाध्य भएको थियो । फेरिपनि हाम्रो टीम विजयी भए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी हर्कतविरुद्ध लड्ने छौं” विष्टले भने । उनले हालै गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदबाट पारित गरी प्रेस विरोधी विधेयक खारेज गर्नुपर्ने बताए । पोखरेल नेतृत्वको प्यानलबाट महासचिवका प्रत्येसी रोशन पुरीले मिडिया मालिक मोटाउने तर श्रमजिवी पत्रकार दुब्लाइरहेको बताए । उनले त्यस प्रवृतिविरुद्ध आफ्नो टीमले संघर्ष गर्ने प्रतिवद्धता रहेका थिए ।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध विधेयक ल्याउँदा समर्थन गर्ने पत्रकार पनि चुनावी मैदानमा रहेको भन्दै पुरीले व्यक्ति र प्रवृति पहिचान गरेर मतादान गर्नुपर्ने बताए । उनले विभिन्न बहानमा श्रमजिवी पत्रकारले पेशा छोड्नु पर्ने अवस्था भएको भन्दै स्वारोजगारमूलक मिडियाको विकासको लागि आफ्नो टीम लागि पर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा केन्द्रीय खुला सचिवका उम्मेदवार जन्मदेव जैसीले महासंघलाई दलीय सेण्डिकेट बनाउने प्रयास भएको बताउँदै श्रमजिवीका कुरा कम उठ्ने गरेको बताए ।

महासंघका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका जैसीले आफ्नो उम्मेदवारी श्रमजिवी पत्रकारको हितको लागि भएको बताए । यो कार्यकालमा आफूले श्रमजिवीको पक्षमा रातदिन लडेको भन्दै जैसीले आफूलाई मतदान गर्न अपील गरे । “हामीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजिवीको पक्षमा रातदिन लड्यौं, कोरोनाका नाममा मालिकले श्रमजिवीलाई बिस्थापित गर्ने कार्यविरुद्ध मालिकका घरमै पुगेर कालो झण्डा गाड्ने घोषणा गरेका थियौँ” जैसीले भने । उनले आफू श्रमजिवी तथा व्यवसायी पत्रकारको उम्मेदवार भएको भन्दै मतदान गर्न अपील गरे । प्रत्यक्ष निर्वाचनको लागि निवर्तमन कार्य समितिले महत्वपूर्ण भूमिका खेलेको भन्दै सक्षम नेतृत्व छान्न उनले सबै पत्रकारहरुलाई अनुरोधसमेत गरे ।

 

केन्द्रीय सदस्यका खुला उम्मेदवार केशव भुलले चुनावको बेला व्यसायीको कुरा गर्ने तर महासंघमा पुगेपछि सदस्यतामा समेत सिण्डकेट गर्ने गरेको अनुभव सुनाउँदै महासंघलाई सबैको साझा बनाउन आफूले उम्मेदवारी दिएको बताए । उनले महासंघ व्यवसायी र श्रमजिवी पत्रकारलाई हितमा काम गर्ने बनाउने आफूले प्रयास गर्ने बताए । त्यसैगरी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार वाइपी घिमिरे आफू विजयी भए महासंघलाई व्यवसायी तथा श्रमजिवी पत्रकारको साझा संस्था बनाउन लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए । भोलि अर्थात चैत्र २५ गते विपुल पोखरेल र निर्माला शर्माको नेतृत्वमा गरेर २ ओटा प्यानबीचमा प्रतिस्पर्धा हुँदै छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal