
काठमाडौं । कर्णाली जलश्रोत लिमिटेडले आर्थि बर्ष २०७६/७७ सालको बार्षिक प्रगति विवरण शेयरधनी समक्ष सार्बजनिक तथा आगामी कार्ययोजना बारे जनकारी गरेर साधारण सभा राजधानीमा सम्पन्न गरेको छ । लिमिटेडका अध्यक्ष लोक बहादुर रावतले अब छिट्टै हाइड्रो पावरको निर्माण कार्य संचालन सुरु हने समेत जानकारी गराए ।
काभ्रेपलान्चोक जिल्लामा पर्ने ‘माथिल्लो चौरी खोला साना जलविद्युत’ आयोजनामा पर्ने जग्गा खरिद गर्ने कार्य सम्पन्न भइसके पनि विश्वाब्यापी महामारीकारुपमा फैलिएको केभिड–१९ को कारण केहि समय रोकिएता पनि अब निर्माण कार्यले गति लिने अध्यक्ष रावतले बताए ।