आज :

जो बाइडनका नराम्रा तीन गुणः झुटो बोल्ने, भाषण चोर र महिलालाई देख्नै नहुने

काठमाडौँ । अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडनले २७९ इलेक्टोरल मत पाएका छन् । जबकी राष्ट्रपति बन्न २७० मत आवश्यक हुन्छ ।

अमेरिकी राजनीतिको लागि बाइडन नयाँ नाम होइन । अमेरिकी राजनीतिक मंचमा उनको उपस्थिति लामो नै छ । सबैभन्दा कान्छा सिनेटर हुँदै ४६ औं राष्ट्रपति बन्न सफल भएका छन् । लामो राजनीतिक इतिहास भएका बाइडनका बारेमा अमेरिका बाहिर धेरैलाई जानकारी नहुन सक्छ । हुन तत्कालि राष्ट्रपति बराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएका कारण उनी विश्व राजनीतिमा पनि चिनिएका पात्र हुन् ।
बाइडन झुटो बोल्ने, चोरेर भाषण गर्ने र महिलामाथि दुर्व्यवहार गर्ने नेताको रुपमा अमेरिकी जनताले चिनेको भएपनि निर्वाचित भए ।

बाइडनले चुनाव जित्नुको एउटै मात्र कारण हो, ट्रम्प । ट्रम्पको तुलनामा बाइडन राजनीतिक पृष्ठभूमि भएको र लामो राजनीतिक अनुभव भएको नेता हुन् नै । ट्रम्प र बाइडनमध्ये कसलाई छान्नुहुन्छ भन्दा सबैलाई बाइडन नै भन्छन् । उनलाई विजयी बनाउन ट्रम्पको मुख्य हात रहेको छ । ट्रम्पको जातीय अतिवाद, नक्कली राष्ट्रवाद, विश्व समुदायसँगको सम्बन्ध, जग्गा दलाली पृष्ठभूमि नै बाइडनका जितका आधार हुन् । अमेरिकी जनताले बाइडन जनताको पक्षमा राम्रो काम गरेको वा गर्ने भन्दा पनि ट्रम्पको अतिवादलाई परास्त गर्न मतदान गरेका हुन् । ट्रम्पको निर्देशनमा अश्वेत नागरिकको गरिएको ह त्या श्रंखला पनि बाइडनको जितको आधार हो ।

अमेरिकी राजनीतिमा ५० वर्षदेखि सक्रिय बाइडनका राम्रासँगै नराम्रा गुण पनि छन् । उनी पटकपटक आलोचित हुँदै पनि आएका छन् । प्रखर वक्ताको परिचय बनाएका बाइडनले झुटो बोल्ने, नक्कली तथा चोरी भाषण, महिलामाथि गलत नजर नेताका रुपमा पनि पहिचान बनाएका छन् ।

हेरौं बाइडनका गलत तीन गुणः

१. आजभन्दा ४७ वर्षअघि अमेरिकी सिनेटका सदस्य बनेका थिए । अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । उनले मतदातालाई आकर्षित गर्न झुटो भाषण गर्दै आएका छन् । एउटा र्यालीमा भाषण गर्दै बाइडनले आफ्ना पूर्खाहरु कोइलाखानीमा काम गर्थे भनेर झुट भाषण गरेका थिए । उनले ब्रिटिश राजनीतिज्ञ निल कनकको भाषण चोरेका थिए । उनले भनेका थिए, “मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे ।” आफ्ना पूर्खाहरुले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको बताएका थिए । तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् । यो भाषणामा धेरै कनकको भाषण चोर गरेका थिए । उनको यो भाषण विवादित भयो । ‘जो बम’ का नामले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो ।

२. मतदातालाई आकर्षित गर्न झुट्टो भाषण गर्ने गरेका छन् । अमेरिकी जनताबीच बाइडन झुट बोल्ने नेताको रुपमा परिचित छन् । सन् २०१२ मा पनि झुट भाषण गरेका थिए । उनले आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै भाषणमा भने, “मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा ।” विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ लगाइएको थियो । तीनवटा राष्ट्रपतिसँग यौन सम्बन्ध रहेको अर्थ लाग्ने गरी गरेको उनको त्यो भाषण पनि निकै विवादित भयो ।

३. बाइडन महिलालाई गलत नजरले हेर्ने नेताको रुपमा चिनिन्छन् । महिलाहरुलाई यौनजन्य क्रियाकलाप गरेको भन्दै पटकपटक आलोचना भइरहेको हुन्छ । यस्ता दर्जनौं घटना भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । गत वर्षमात्रै आठ जना महिलाले आफूलाई यौनजन्य आक्रमण गरेको भन्दै सार्वजनिक रुपमै आरोप लगाएकी थिएन । उनको महिलाप्रतिको गलत नजर अहिले होइन पहिलैबाटै हो । उनले आफ्नै कार्यालयमा कार्यरत महिलालाई पनि यौज दुव्र्यवहार गरेको सार्वजनिक भइरहेका थिए । गत मार्चमा तारा रिड नाम गरेकी महिलाले बाइडनले ३० वर्ष अगाडि आफूलाई यौनजन्य आक्रमण गरेकी थिइन् । उनी बाइडन कार्यालयकी सहयोगी थिइन् ।

  • अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा

बाइडनले आफ्ना गल्ती सजिलै स्वीकार गर्ने भएकोले धेरै ठूलो हल्ला नहुने गरेको बताइएको छ । थुप्रै झुट बोली, महिलाप्रति गरेको यौन दुव्र्यवहारलाई पनि स्वीकार गरेर अबदेखि बानी सच्चाउने भन्दै बाइडनले धेरै पटक आत्मालोचित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal