आज :

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल

  • अनलाइन डबली

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा नेपाल जितविहीन बनेको छ ।

बुधबार दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिम यूएईसँगको चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन हुँदै टुंगिएको हो ।

नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । यूएईको जितमा मुहम्मद सहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।

यस्तै, मुहम्मद वसिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन थपे । यी दुईले ६८–३ को स्थितीबाट १४७ रनको साझेदारी गर्दै यूएईलाई जितनजिक पूर्याएका थिए ।

सोहेब खानले २९, कप्तान आलिसान सराफुले १८ र हर्षिक कौसिकले १३ रन बनाए ।

नेपालका करण केसीले तीन विकेट लिए । नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको थियो ।

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । ६८ बल खेलेका उनले सात चौका प्रहार गरे ।

मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।

ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १०औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानले अविजित १५ रन जोडे ।

कुशल मल्ल र सन्दीप लामिछानले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।

यो शृंखलाको यसअघिका तीन खेलमा नेपालले नेपालले अमेरिकासँग १०६, दोस्रो खेलमा यूएईविरुद्ध पाँच र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal