आज :

‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’- कांग्रेसका नेता गुरुराज घिमिरे

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए ।

घिमिरेले भने, ‘अहिले केपी ओली जीको बारेमा बोल्नेलाई पार्टीबाट नै निकाल्दिन्छु भनिरहनु भएको छ । मैले भन्नै पर्छ, ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ अहिले पनि ।’

उनले पार्टी महाधिवेशनको समयबारे पनि टिप्पणी गर्दै निर्वाचनपछि मात्र बैशाखमा गर्ने भनिएकोमा प्रश्न उठाए । ‘काँही नभएको जात्रा नेपाली कांग्रेसभित्र भएको छ । पार्टीमा सहमतिबाट महामन्त्रीले ल्याउने चलन छ भने अहिले सहमहामन्त्रीले ल्याइदिनुभएको छ । घरमुली भएर उहाँहरू झगडा गर्ने ?’ उनले व्यंग्य गर्दै भने ।

घिमिरेले विशेष महाधिवेशन र अविश्वास प्रस्तावका धाराबारे पनि स्पष्टता दिँदै दुवैलाई मिसाउने प्रयास गलत भएको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दुई तिहाई बहुमत चाहिन्छ, त्यो फरक कुरा हो । विशेष महाधिवेशनको धारा १७(२) हाम्रो विधानको परिच्छेद ६ मा छ भने अविश्वासको धारा ४४ परिच्छेद १२ मा छ । यी दुई धारालाई मिसाउन मिल्दैन, यो त पानीको धारा होइन कि मिसाइदिने !’

उनले पार्टी नेताहरुलाई सुझबुझका साथ अघि बढ्न आग्रह पनि गरे । ‘हाम्रो नेताहरुले संकटमा सुझबुझ देखाउनुभयो, मिलेरै पार्टीलाई यहाँसम्म ल्याउनुभयो । हरेक संघर्षमा हामीले विजय प्राप्त गरेका हौँ । अब पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा नेताहरुबीच सहमति आवश्यक छ,’ घिमिरेले भने ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal