आज :

दशैंको अबसरमा राष्ट्रिय वाणिज्य बैंकले ‘पिओएस’ माध्यमबाट भुक्तानी सेवा सुरु गर्यो, के छ फाइदा ?

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैकले दशैं– तिहार, छटलगायतको पर्वलाई मध्यनजर गर्दै ‘पोइन्ट अफ सेल (पिओएस)’ सेवा सुरु गरेको छ । सेवा कात्तिक एक गते अर्थात भोलि शनिबार सेवा सुरु गर्ने सबै तयारी पूरा भएको बैंकले जनाएको छ ।

आफ्ना सम्पूर्ण शाखाहरुमार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउन पिओएसको माध्यमबाट भुक्तानी सेवा शुरु गरिएको बैंकले जानकारी दिएको छ । यो सेवासँगै देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट पिओएसको माध्यमबाट रकम भुक्तानी गर्न सकिने भएको छ । यो सेवाबाट कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यासब्याक हुनेछ बैंकले जानकारी दिएको छ ।

यसबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal