आज :

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्योः सरकारका प्रवक्ता भन्छन्-लकडाउन हुँदैन ?

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमितको संख्या धेरै र निको हुनेको संख्या थोरै भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । बुधबार देशभर कोरोनाबाट ९४ हजार २५३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेसँगै नेपालमा फेरि लकडाउन हुने चिन्ता बढेको थियो । तर सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अब देशव्यापी लकडाउन नहुने बताएका छन् । बढी संक्रमित हुने क्षेत्रलाई स्थानीय प्रशासनले निषेधाज्ञा वा सील गर्न सक्ने भएपनि देशव्यापी लकडाउ हुने भन्ने हल्ला सत्य नभएको बताए ।

उता स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने बताउँछन् ।

कोरोनाका कारण बुधबार थप १५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।
त्यसैगरी बुधबार थप १ हजार १२६ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

यसैबीच कोरोना संक्रमणबाट नेपालगंज र बुटलमा थप दुई जनाको ज्यान गएको छ । कोरोना संक्रमित दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो ३ बजे निधन भएको हो । असोज १८ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएपछि भेरी भेरी अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी कोरोना संक्रमणबाट बुटवल-१६ का ४७ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा निधन भएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको साँझ साढे ५ बजे निधन भएको हो ।

गौतमका अनुसार असोज १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ६ दिनसम्म होम आइसोलेसनमै बसेका थिए । बुधबार अचानक श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको डा. गौतमले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal