आज :

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको ट्वीटर मार्फत् शुक्रबार बिहान जानकारी दिएका हुन् ।

बिहीबार बेलुकी कोरोना परीक्षण गराएकोमा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा हामी जान्छौँ ।’

ट्रम्पलाई उनकी श्रीमती  र मेलेनिया सगै कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । पहिले उनका सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएको थियो त्यस पछि ट्रम्पको कोरोना परिक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो ।

ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना भाइरस संक्रमण भएको बताएका हुन्।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् । मंगलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो ।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा ¥यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal