आज :

रोल्पा सिमेन्टको दादागिरीले नागरिकलाई सास्ती, कपुरकोट बैठक पनि निष्कर्षविहीन

सल्यान । रोल्पा सिमेन्ट प्रा.लि.का कारण स्थानीयले सास्ती भोग्दै आएका छन् । दैनिक रुपमा आवतजावत गर्ने ट्रिपर र यसले निम्त्याएको समस्याका बारेमा सल्यान कपुरकोट बैठक पनि निष्कर्षविहीन भएको छ ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारि हेमराज तामाङको विशेष उपस्थितिमा रोल्पा सिमेन्ट, ट्रिपर ब्यवशायी, स्थानीय राजनितीक दल र प्रभावित नागरिकहरुवीच छलफल भएको छ । तर, विहिबार कपुरकोटमा सम्पन्न बैठकले विना निष्कर्ष सकिएको छ ।

दाङ तुलसिपुरदेखि कपुरकोट हुँदै रोल्पा त्रिवेणी गाउँपालिकास्थित सिमेन्ट उद्योगसम्म जोडिएको सडकमा हिड्ने अन्य सवारी साधन, सडक नजिकका बासिन्दा तथा पैदल यात्रुले निकै सास्ती खेप्नुपरेको भन्दै पटकपटक स्थानीयले आन्दोलन गर्दै आएपनि अहिलेसम्म सिमेन्ट कम्पनीले बेवास्ता गर्दै आएको छ । सिमेन्ट उद्योगसम्म पुग्ने सडक कपुरकोट गाउँपालिकाका ५ वटा वडा हुँदै पुगेको र ट्रिपर चल्दा उड्ने धुलो, सडकका खाल्डाखुल्डीले हैरान भएको कपुरकोट–५ खाली निवासी गिरीराज ओलीलले बताए ।

यस सडक खडण्मा कपुरकोट, खालीलगायतका बजार क्षेत्रमा ट्रिपरका कारण उड्ने धुलोले ब्यापार ब्यवशाय गर्न समेत समस्या उत्पन्न भएको र स्थानीय सरकारले समस्या समाधानमा पहल गर्नुपर्ने भन्दै स्थानीयले आवाज उठाउदै आएका थिए । कपुरकोट गाउँपालिकाले आयोजना गरेको बैठकमा गाउँपालिका अध्यक्ष सेनले सडक तथा ट्रिपरको क्षमताभन्दा बढी लोड बोक्ने गरेको, सडक मर्मत, धुलो नियन्त्रण र स्थानीयसँग गरेको सम्झौतामा कुनै चासो नदिएको भन्ने गुनासो आएको भन्दै रोल्पा सिमेन्ट प्रालिका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीसँग जवाफ मागेका थिए ।
रोल्पा सिमेन्ट प्रा.लि. का प्रशासन प्रमुख अधिकारीले सरकारले उक्त सडक खण्डमा विगत २ वर्षदेखि कुनैपनि बजेट विनियोजन नगरेको बताए । यद्यपि प्रालिसँग सम्झौता गरेर सञ्चालन भइरेका पुन कन्ट्रक्शनले प्रतिटन २५ रुपैयाँ जम्मा गरेर सडक मर्मत गरिरहेको बताए । यस प्रकारको मर्मतले दिर्घकालिन समाधान नदिने, धुलोको कारण स्थानीयले सास्ती ब्यहोर्नुुपरेको, सडकमा गुड्ने अन्य साना सवारी साधन जोखिममा रहेको स्वयम ट्रिपर ब्यवशायीले पनि स्वीकारेका छन् ।

बैठकमा सडक डिभिजन दाङका प्रमुखलाई समेत आमन्त्रण गरिएकोमा उनी उपस्थित नभएको बताइएको छ । बैठकले उक्त जिर्ण सडकको मर्मत, धुलो नियन्त्रणजस्ता समस्या समाधानमा रोल्पा सिमेन्ट प्रालिले के कति योगदान र बजेट खर्च गर्न सक्ने हो यसबारेमा स्सपष्ट भइ बोर्ड बैडकबाट निर्णय गरी अर्काे बैेठकमा उपस्थित हुने निर्णय गरेको छ । यस्तै राप्ती लोकमार्गको मर्मत र स्तरोन्नतिका सन्दर्भमा के कति रकम विनियोजन भएको, यसको आगामि कार्यदिशा के ? भन्ने बारेमा स्पष्ट धारणासहित सडक डिभिजन कार्यालय दाङको जिम्मेवार कर्मचारी उपस्थित भई उपयुक्त निर्णय गर्ने निचोड निकालेको छ ।

बैठकमा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, सशस्त्र प्रहरी बल गुल्म सल्यानका हरि पराजुली, गाउँपालिका प्रवक्ता यमकुमार वस्नेत, नेपाली कांग्रेस कपुरकोटका सभापति तथा कपुरकोट ३ का वडाध्यक्ष मिनबहादुर सेन, वडा नं ४ का वडाध्यक्ष हरिलाल पुन, कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश परिषद सदस्य द्रोण केसी, नेपाली काँग्रेसका दुर्गाबहादुर गिरी, पुन कन्ट्रक्शनका प्रेम प्रकाश पुन, सन्तोष बुढाथोकी, एकराज ओली, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, कपुरकोट बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक बुढा, स्थानीय नागरिकको तर्फबाट रुपलाल यरी, पवन कार्की, गिरिराज ओली लगायउतको सहभागीता थियो ।

सिमेन्ट प्रालिले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । सम्झौता कार्यान्वयनको लागि माग गर्दै कम्पनीले धम्कीपूर्ण भाषा बोल्दै टार्दै आएको छ । रोल्पा सिमेन्टको दादागिरीका कारण आफूहरुले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal