आज :

जबरजस्त ब्याज असुल गर्ने डिप्रोक्सलाई नेकपा अछामले लखट्यो, रुपैयाँ स्थानीयलाई फिर्ता

अछाम । कोरोना महामारीको सामना गरिरहेको बेला जबरजस्त ब्याज असुल गर्ने वित्तिय संस्थालाई नेपाल कम्युनिस्ट पार्टी अछामले लखेटेको छ । सर्वसाधारणलाई विभिन्न धम्की दिँदै ब्याज र किस्ता असुल गरिरहेको बेला नेकपाका कार्यकर्ताहरुले सोमबार लखेटेका हुन् ।

जिल्लाको कमलबजार नगरपालिका-७ सेरामा स्थानीयबाट जबरजस्त ब्याज र किस्ता असुल गरिरहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई लखेटिएको नेकपा अछामले विज्ञप्ति जारी गरेर बताएको छ ।

जिल्ला इन्चार्ज  नविन र सेक्रेटरी अखिरले विज्ञप्ति जारी गरेर कोरोनाले महामारीले जनताको जीवन संकटमा पुगेको बेला ब्याज असुल गरेकोले कर्मचारीलाई लखेट्नुको साथै असुल गरेको सम्पूर्ण रकम फिर्ता गरेको बताएका छन् । अवस्था सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन जारी गरेको निर्देशनको उलंघन गर्दै ब्याज असुल गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपाका कार्यकर्ताहरुले डिप्रोक्सका कर्मचारीले ब्याज र किस्ता बापत उठाएको २ लाख ५० हजार स्थानीयलाई नै गरेका छन् । ”डिप्रोस भन्ने वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको बेला पार्टीका कमरेड सोही स्थानमा गई उक्त काम रोकी सम्पुर्ण जनताको सहभागितामा चेतावनीसहित उठाइएको झन्डै २ लाख ५० हजार रकम जनतालाई फिर्ता गर्न लगाउनुका साथै त्यहाँबाट उक्त संस्थाको प्रतिनिधिलाई लखेटिएको छ” विज्ञप्तिमा भनिएको छ ।

यस्तै माइक्रो फाइनान्स र वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिविपरीत गई चर्को ब्याज असुल्ने र विभिन्न सेवा शुल्कका नाममा गाउँमा जनतालाई लुटिरहेको भन्दै नेकपाले यस्ता गतिविधि रोक्न अटेर गर्दै गए पार्टी जनकारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ ।

त्यसैगरी विज्ञप्तिमा माइक्रोफाइनान्स तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको मौद्रिक निति विपरित गई चर्को ब्याज असुल्ने र विभिन्न सेवा शुल्कको नाममा गाउँका सोझा-साझा जनताहरुलाई लुटिरहेको बताउँदै नेकपाले यस्ता सम्पूर्ण गतिविधि रोक्न पुनः निर्देशन दिएको छ । निर्देशन नमाने कारवाही गर्न बाध्य हुने नेकपाले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal