आज :

टिकटकले दियो ट्रम्पलाई ठुलो झट्का, माइक्रोसफ्टले पनि हार खायो

काठमान्डौं । लोकप्रिय भिडियो शेयरिङ्ग चिनियाँ एप टिकटकले अमेरिकी कम्पनी माइक्रोसफ्टसग जाने प्रश्ताव अस्वीकार गरेपछि ट्रम्पलाई ठुलो झट्का लागेको छ । बिबिसीले जनाए अनुसार टिकटकले हालै मात्र माइक्रोसफ्ट सग जाने प्रश्ताव अस्वीकार गरेको हो ।

त्यस्तै माइक्रोसफ्टले पनि टिकटक ट्रम्पको प्रश्ताव मा असहमति भएको बताएको छ भने आफु सग आउन अस्वीकार गरेको बताएको छ ।

यता केही समय अगाडि देखी ट्रम्पको प्रशासनले टिकटक तथा अन्य चिनियाँ एपमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको बताउँदै आएको थिए ।

त्यसैले ट्रम्पले टिकटकलाइ अमेरिकाको व्यवसाय सग सहकार्य गरी अमेरिकी कम्पनीलाई बिक्री गर्न भनेका थिए । त्यस्तै ट्रम्पले यदी टिकटक यो बिष्यमा सहमति नभए मंगलबारदेखि टिकटक लाई प्रतिबन्ध लाग्ने बताइसकेका छन् ।

त्यसैकाे आदेश अनुरुप २ अमेरिकी कम्पनीहरु माइक्रोसफ्ट र ओरेकलले टिकटक खरिदमा चासो देखाएका थिए । तर हाल आएर टिकटकले प्रश्ताव अस्वीकार गरेको माइक्रोसफ्टले बताएको छ ।

तर यता चिनिँया एप टिकटकले यस बिषयमा केही प्रतिक्रिया दिएको छैन् ।

त्यस्तै माइक्रोसफ्ट सग नगए पनि टिकटक आरेकल सग जान सक्ने सम्भावना रहेको वाल स्ट्रट जर्नल र रोयटर्सले बताएको छन् । यद्यपि ओरेकललाई आफ्नो व्यवसाय बिक्री गर्ने विषयमा पनि टिकटकले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal