आज :

वान प्लसमा २ नयाँ मोडलका मोबाइल रिचार्जर एपमा सार्वजनिक

काठमान्डौं । मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ पुस्तामा लोकप्रिय मानिएका वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो ।

भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एशिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो । अफर अन्तरगत एनआईसी एशिया बैंकका खातावाहकले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् । एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरुले तत्काल ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् । त्यसै गरी रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रुपैंया बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ ।

विश्व बजारमा नयाँ पुस्तामा वान प्लसका मोबाइलहरु लोकप्रिय मानिन्छ । १२ जीबी ¥याम र २५६ जीबी रोम भएको वान प्लस ८ को बजार मूल्य ९३ हजार रुपैंया रहेको छ भने १२ जीबी ¥याम र २५६ जीबी रोमयुक्त वान प्लस ८ प्रोको बजार मूल्य १ लाख २५ हजार रुपैंया तोकिएको छ ।
मेगा सेल मेला भदौै २६ गतेसम्म रिचार्जर एपमा सञ्चालन हुनेछ ।
सेल मेलाको आकर्षणका रुपमा एमएचआई ब्राण्डको उच्च गुणस्तरको केएन ९५ बेबी मास्क रहेको छ । हरेक मोबाइल र इलेक्ट्रोनिक्सको खरिदमा रिचार्जरले १ हजार देखि ५ हजार रुपैंया सम्मको गिफ्ट ह्यामपर उपलब्ध गराउनेछ ।

कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले सेल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउनेछ । एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने छन् ।

लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा रिचार्जरले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने छ । ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार नाफा कमाउने उद्धेश्यले नभई असहज परिस्थितीमा सहज किसिमले आर्थिक व्यवस्थापन गराउँदै सेवाग्राहीलाई घरमै सामान उपलब्ध गराउन लागिएको हो ।

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा सामान गरिद गर्न सक्ने छन् । कोभिड सुरक्षा उपहरण, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युम लगायतका सामान ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ ।

सेलमा ‘बाई वान गेट वान फ्री को अफर समेत सञ्चालन हुनेछ । कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा निशुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ उपहार स्वरुप बितरण गर्नेछ ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि अकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट प्राप्त हुनेछ । रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal