आज :

खुशीको खबरः आइतबार कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भन्दा निको हुनेको संख्या झण्डै दोब्बर पुगेको छ । पछिल्ला केही दिनदेखि कोरोना जित्नेको संख्या बढिरहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार गएको २४ थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जबकी कोरोना जितेर १ हजार ८ सय १४ जना घर फर्किएका छन् । आइतबार संक्रमित भन्दा दोब्बर कोरोना निको भएसँगै केही नयाँ आशाको संचार भएको छ । आइतबार डिस्चार्ज भएकासहित कोरोना जितेर घर फर्किनेको संख्या २८ हजार ९ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२–३२ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुष गरी ९८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
त्यसैगरी आइतबार थप ९ जनाको ज्यान गएको पुष्टि भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१–२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११–११ जना, धनुषा, धादिङ र बझाङका १०–१० जना, रौतहटका ८ जना, दोलखा र तनहुँका ७र७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६–६ जना, सर्लाही, गोरखा र जुम्लाका ५–५ जना, कपिलवस्तु र प्युठानका ४–४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३–३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २–२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि क्वारेन्टिनमा बसेका छन् । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्री ढकाल पनि क्वारेन्टिमा बसेका हुन ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal