आज :

कार्यकारी निर्देशक घिसिङले गरे यस्ताे प्रतिबद्धता, दोस्रो कार्यकाल पनि घिसिङलाई दिन कर्मचारीहरुले गरे सरकारसँग माग

काठमाडौँ । विद्युत प्राधिकरणको ३५ औं वार्षिककोत्सवका अवसरमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय विद्युत् सेवा दिन तथा उज्यालो नेपालको संवाहकको रूपमा अहोरात्र खट्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यस्तै विद्युत प्राधिकरण २ बर्षदेखि सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान भएको उल्लेख गर्दै उनले भने समय र परिस्थितिको मागअनुसार संगठन संरचनालाई पुनर्संरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामूलक बनाउन कटिबद्ध रहने बताए ।

प्राधिकरणको कार्य प्रणालीलाई अटोमेसन गर्ने तथा संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्राथमिकता दिइने पनि बताए । त्यस्तै प्राधिकरणले दिने सेवामा प्रभावकारिता र गुणस्तरीय ल्याउने  त्यस्तै देशभित्र गने उत्पादित विद्युत् खेर नजाने गरी बिक्री गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता पनि जाहेर गरेको छन् ।

त्यस्तै विद्युत् प्राधिकरणमा कुलमान घिसिङको अझैं आवश्यकता भएको भन्दै अर्को कार्यकाल पनि दिनुपर्ने माग उठेको छ । प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अबसरमा बोल्ने बक्ताहरुले अर्को कार्यकाल पनि घिसिङलाई दिनुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनको संयोजक रामेश्वर पौडेलले विद्युत प्राधिकरणलाई घिसिङको अझै आवश्यकता भएको भन्दै दोस्रो कार्यकालको लागि निरन्तरता दिनुपर्ने माग गरे । उनले घिसिङको ४ वर्षे कार्यकालमा देश लोडसेडिङमुक्त मात्रै नभएर प्राधिकरण घाटाबाट नाफामा गएको बताए ।

संयोजक पौडेलले कुलमानकै नेतृत्वमा प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फुलाइएर हिँड्नसक्ने अवस्था आएको भन्दै अझै थप काम बाँकी रहेकोले सम्पूर्ण कर्मचारीले घिसिङकै निरन्तरताको पक्षमा रहेको बताए । उनले ऊर्जामन्त्रीमा वर्षमान पुन र प्राधिकरण नेतृत्वमा घिसिङलाई नै निरन्तरता दिन सरकारसँग माग समेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal