आज :

काठमाडौँ उपत्यकामा कोरोना जोखिमः एकैदिन ३ जनाको निधन, अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण झनझन फैलिरहेको छ । सोमबार तीन जनाको निधन भएको छ भने संक्रमितको संख्या पनि थपिएको छ । सबैभन्दा बढी बाँके र दोस्रोमा काठमाडौँमा बढी संक्रमित भेटिएका छन् ।

स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको हो ।

त्यसैगरी कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणपछि उपचारको क्रममा निधन भएको छ । उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको हो । निमोनिया र मधुमेहका विरामी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार काभ्रे निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा सोमबार विहान निधन भएको थियो । तर, पीसीआर रिपोर्ट साँझतिर मात्रै आएको अस्पताल स्रोतले बताएको छ । नेपाली सेनाले उनको शव व्यवस्थापन गरेको छ । त्यसैगरी किष्ट हस्पिटलमा ग्वार्कोमा पनि एकजनाको सोमबार नै निधन भएको छ । उनको स्वास्थ्य कोरोनाका कारण निधन भएको घोषणा गर्न बाँकी छ ।

त्यसैगरी सोमबारसम्म काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । त्यनिहरु काठमाडौंमा ३६ जना, ललितपुरमा ४ र भक्तपुरमा ४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाडौँ उपत्यकाभित्र अत्यावश्यक बाहेक सबै सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसलाई ‘सटडाउन’ भन्ने पनि गरिन्छ । काठमाडौ उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक अन्य सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका हु्न् । सोमबार बसेको नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरमले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।

उपत्यकाभित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्थानीय तहहरुबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई १५ दिनको लागि बन्द गर्ने बैठकको निर्णयमा उल्लेख छ । त्यस्तै उपत्यका संक्रमणको उच्च जोखिमयुक्त रहेको देखिएकोले अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारलाई साँझ विहान मात्र सिमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकलमार्फत गरिने व्यापारलाई भाद्र १५ गतेसम्मको लागि निषेध गर्ने बैठकले निर्णय गरेको छ ।

सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भए पश्चात संक्रमण दर तीब्र भएको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा भाद्र १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने तथा अन्यमा जोर विजोर तत्काल लागु गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी सरकारको समर्थन वा विरोधमा झाली, भेला, अनसन, जुलुसलगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भीडहने सांस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन अनुरोध गर्ने निर्णय पनि गरिएको छ । “आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ्ग महलहरु, होटल, रेष्टुरेष्ट आदिमा कोभिड–१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेको हुँदा सो क्षेत्रमा यथासक्य सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारवाहीको दायरामा ल्याइनुपर्छ” निर्णयमा भनिएको छ ।

त्यस्तै सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद श्रावण मसान्तसम्म रहेकोमा सो म्यादका कारण वडास्तरमा ज्येष्ठ नागरिकको भिडभाड भई कोभिड–१९ को संक्रमण झन बढ्ने भएकाले उक्त म्याद हाललाई २०७७ साल भाद्र मसान्तसम्म कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal