आज :

एभरेष्ट बैंकका कर्मचारीमा कारोना सक्रमण, बैंकको केन्द्रीय कार्यालय सिल

काठमाडांै । एभरेष्ट बैंकका २ जना कर्मचारीमा कारोना सक्रमण पुष्टि भएको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौंस्थित लाजिम्पाटमा कार्यरत कर्मचारीमा कारोना देखिए पछि बैंकको केन्द्रीय कार्यालय २ दिनको लागि सिल गरिएको छ ।

अहिले कोरोना भाइरस संक्रमित कर्मचारीलाई आईशोलेशनमा राखिएको छ भने अन्य सबै कर्मचारीहरुलाई होम आईशोलेशनमा राखेर कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

बैंकबाट गत शुक्रबार कर्मचारीहरुको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको हो । उनिहरु बैंकको लेखा र एक जना सवारी चालकमा कोरोना भाइरस देखिएको छ ।

त्यसै गरी बैंकको लुम्बिनी र कपिलबस्तु शाखामा कार्यरत कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो । यो सगै अहिले सम्म एभरेष्ट बैंकका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal