 
	
काठमान्डौ । राजधानीको कमलादीबाट प्रहरीले बरामद गरेको १५ किलो पहेलो धातुमध्ये परीक्षण गर्दा आधा किलो मात्र सक्कली सुन भएको पाइएकोले सुन कारोबारमा संलग्न गिरोहले सर्बसाधारणलाई ठग्नका लागि सुनको जलप लगाएर सुन तस्करी गरिरहेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेकोे छ ।
सुन कारोबारीले चाँदीमा कम्पनीले लगाएको ट्याग मेटाउन सुनको जलप लगाएको हुनसक्ने महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन कुमार दाहाले बताए । त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) राजकुमार केसीका अनुसार झोला खानतलासी गरेर परीक्षण गर्दा साढे १४ किलो चाँदीमा सुनको जलप लगाएको भेटिएकोले थप अनुसन्धान अगाडी बढाएको जननकारी दिनुभयो ।
हाल सम्मको बिवरण अनुसार उक्त सुन भनेर बरामद गरेको १५ किलो पहेलो धातको बजार मूल्य लगभग ४२ लाख ९ हजार ५ सय रहेको छ । उक्त सुन प्रहरीले मंगलबार बिहान ९ बजे गाडीमा आएका एक व्यक्तिले भाग्ने क्रममा फ्केको झोलामा पछि प्रहरीले खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो पदार्थ १५ किलो र २ वटा पेस्तोल भेटनएको थियो ।
बा.६च ५५११ नम्बरको स्कोर्पियो आएको ब्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा सुन कारोबारी झोला फालेर भागेको थियो । चाँदी र सुन बोक्ने प्रयोग भएको स्कोर्पियो प्रहरीले खोजिरहेको छ । फरार रहेको व्यक्तिको खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खटिएको छ । फरार व्यक्तिको पहिचान भइसकेको पनि प्रहरीको दाबी गरेको छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




