आज :

मन्त्रिपरिषद् बैठकमै बिरामी भएका आइभरीकोष्टका प्रधानमन्त्री कोलाबालीको निधन, कोरोना परीक्षण गरिने

काठमाडौं । मन्त्रिपरिषद् बैठक चलिरहेको बेला एकाएका बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । मन्त्रिपरिषद् बैठकमै छाती दुख्यो भनेका कालावालीले लगत्तै निधन भएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार प्रधानमन्त्री कालाबालीले कोरोना भाइरस नियन्त्रणलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठक चल्दै गर्दा छाती दुखेको बताएका प्रधानमन्त्री कालाबालीको मन्त्रिपरिषद् बैठक सकिने बितिकै उपचारको लागि अस्पताल पुर्याइएको थियो । तर, अस्पतालले मृत घोषणा गर्यो ।

लामो समयदेखि मुटु समस्याबाट पीडित कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

यसैबीच, आइभरीकोष्टका राष्ट्रपति एलासानी ओटाराले प्रधानन्त्री कोलाबालीको निधनले देश शोकमा रहेको बताएका छन् । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो । मुटुको समस्या भएपनि कोरोना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गरिने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal