आज :

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७ हजार नजिक, राष्ट्रपतिलाई पनि संक्रमण

काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उच्च ज्वरोलगायतका कोरोनाका लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यो चौथो परीक्षण भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

कोरोना महामारीलाई सुरुदेखि नै सामान्य फ्लू भएको भन्दै आएका राष्ट्रपति बोलसोनारो आफैलाई संक्रमण भएको छ । कोरोनालाई सामान्य रुपमा लिएको भन्दै बोलसोनारोको आलोचना हुँदै आएको थियो । राष्ट्रपति बोलसोनारोले कोरोनालाई सामान्य भन्दै सामाजिक दूरी, मास्क, सेनिटाइजर समेत प्रयोग गर्दैन थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले हालै राष्ट्रपति बोलसोनारोले कोरोना सम्बन्धी मापदण्ड पूरा नगरी सार्वजनिक कार्यक्रममा सहभागी भएको फोटो सार्वजनिक गरेका थिए । राष्ट्रपतिकै लापर्वाहीका कारण ब्राजिलमा कोरोनाले महाकारीको रुप लिएको बताइन्छ । उनले नागरिकलाई सामान्य फ्लू मात्रै भएको सन्देश दिइरहेकोले कम सतर्कता अनपाइएको बताइन्छ ।

अहिले कोरोनाबाट बढि संक्रमितमा अमेरिका पछि ब्राजिल नै छ । हालसम्म ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६६ हजार ७ सय ४१ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैबीच अमेरिकामा कोरोना संक्रमितको संख्या ३१ लाख नजिक पुगेको छ । त्यस्तै १ लाख ३४ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । कोरोनाबाट बढी प्रभावितको सूचीमा छिमेकी भारत तेस्रो नम्बरमा पुगेको छ । भारतमा बुधबार विहानसम्म साढे ७ लाख संक्रमित भएका छन् भने करिब २१ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal