आज :

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनको संख्या १ लाख २७ हजार, संक्रमित २ कोरोड पुग्ने

काठमाडौं । कोरोना भाइरस अमेरिकामा अझै पनि तीब्र रुपमा फैलिरहेको छ । संक्रमण फैलिन कम नभएपछि विभिन्न चिन्चा र चाँसो व्यक्त गर्न थालिएको छ । कोरोनाले कति क्षति गर्ला भन्ने विषय अहिले अमेरिकीहरुको सबै भन्दा बढी चिन्ताको विषय बनेको छ ।

अहिलेसम्म अमेरिकामा २५ लाख ४ हजार ५८८ जनामा कोरोना संक्रमित भएको छ भने १ लाख २७ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् । जसमा १० लाख मानिसहरु निको भएर घर फर्किएका छन् ।

यो क्रम निकै बढ्ने आँकलन गरिएको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या २ करोड पुग्ने आँकलन गरिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले यो आँकलन गरेको हो । यसले केही तथ्यका आधारमा गरिएको अध्ययनपछि सीडीसीले यसो बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले एउटाको रिपोर्ट आउँदा अरु १० जनामा संक्रमण फैलिएको बताएका छन् । “हाम्रो आँकलन के छ भने कोरोना संक्रमणको जब एउटा रिपोर्ट आउँछ, तब अरु १० जनामा संक्रमण फैलिएको हुन्छ” रेडभिफल्डले भने । उनले कोरोनाको चपेटामा धेरैजसो युवाहरु पर्ने समेत बताए । तर, युवाहरुको रोग प्रतिरोधक क्षमता बढी हुने भएकाले मृत्यु दरमा कमी आउने दाबी सीडीसीको छ । त्यसैगरी सीडीसीको संक्रामक रोग विशेषज्ञ डा. जोय बटलरले प्रौढहरुले भन्दा युवाहरुले सुरक्षाका उपाय कम अपनाएकोले बढी संक्रमित हुने बताए ।

यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि अमेरिकामा कोरोना उच्चविन्दुमा नपुगेको बताएको छ । डब्ल्यूएचओको आपतकालीन टिमका प्रमुख डा. माइक रियानले अमेरिकामा संक्रमित र ज्यान गुमाउनको संख्या अझै बढ्ने बताउँछन् ।

त्यसैगरी अमेरिकामा जारी सडक प्रदर्शनले पनि संक्रमणको जोखिम झन् बढेको बताइएको छ । प्रहरीले अश्वेत जर्ज फ्लोयडको ह त्या गरेसँगै सुरु भएको विरोध अझै जारी छ । जर्जको न्यायको लागि गरिएको आन्दोलनमा प्रहरीले फेरि अर्का अश्वेत पुरुषको ह त्या गरेको छ । यसले अमेरिकामा अशान्त छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal