आज :

काठमाडौँमा लकडाउन आंशिक रुपमा खुकुलो ! कुन चरणमा के खुल्‍न पाउने ?

काठमाडौँ । सरकारले जारी लकडाउनलाई आंशिक रुपमा खुकुलो बनाउने तयारी गरेको छ । काठमाडौँका व्यवसायीहरुले बुधबारबाट सबै पसल खोल्ने निर्णय गरेका गिए । विहीबार दिउँसो काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज र व्यवसायीबीच भएको छलफलमा पनि प्रशासनले खोलेका पसल बन्द गर्न बल प्रयोग नगर्ने सहमति भएको छ ।

जारी लकडाउनलाई कसरी खुकुलो बनाउनेबारे निर्णय गर्न विहीबार मन्त्रिपरिषद् बैठक बस्दैछ । लकडाउन जारी भएको ७० दिनपछि विज्ञहरुका सुझाव लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैकठ बोलाएका हुन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसएमसी)ले आन्तरिक प्रस्ताव र विज्ञहरुका सुझावका आधारमा कसरी लकडाउनलाई खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । समितिले गृहकार्य गर्दै एउटा प्रस्ताव तयार गरेको छ ।

एक मन्त्रिका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठकले जारी लकडाउनका मोडालिटी परिवर्तन गर्नेछ । कोरोना संक्रमण बढेकोले लकडाउन जारी राख्दै सुरक्षा सतर्कतासहित दैनिक व्यवसाय खुला गर्ने गरी मोडालिटी परिवर्तन हुने लागेको छ । लकडाउन पूर्णरुपमा खुल्न ६ वटा विकल्प समितिले तयार गरेको प्रस्तावमा उल्लेख छ । त्यो पनि जेठ ३२ गतेपछि मात्रै सुरु हुने बताइएको छ ।

पहिलो चरणमा, संक्रमण र जोखिमको आधारमा निश्चित स्थान र समयका लागि आंशिक रुपमा लकडाउन लगाई मुख्य क्रियाकलापहरु खुल्ला गर्ने । अन्तर्राष्ट्रिय विमानस्थल, कृषि क्षेत्रका दूध,अन्नबाली, तरकारी बस्तुभाउ र सम्पूर्ण कृषिजन्य उत्पादनको कार्य, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य स्टोर, पानी र ग्यास डिपो, अस्पतालहरु र सरकारी कार्यालयहरु पनि आंशिक खुलाउने तयारी भइरहेको छ । त्यस्तै विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु सीमित जनशक्तिबाट पुर्ण सुरक्षात्मक उपाय अपानाएर आंशिक खुलाउने भनिएको छ । मर्निङ वाक र लाई पनि पहिलो चरणमै खुलाउने प्रस्ताव गरिएको छ ।

दोस्रो चरणमा, पहिलो चरणको अवस्थालाई हेरेर दोस्रो तहमा कसरी अगाडि बढ्ने भन्ने थप निर्णय गर्नेगरी निजी सवारी साधनहरु, बाह्य उडान, होटल, रेष्टुरेण्ट बारलाई पनि आंशिक खुलाउने प्रस्ताव गरिएको छ ।

तेस्रो चरणमा, कृषि क्षेत्रलाई पूर्ण रुपमा खुलाउने, दैनिक उपभोग्य सामाग्रीको विक्री वितरण, अत्यावश्यक सवारी साधनलाई पूर्ण रुपमा खुलाउने प्रस्ताव गरिएको छ । त्यस्तै, सार्वनजनिक सवारी साधनमा ५० प्रतिशत यात्रु राखेर आंशिक खोल्ने, घरेलु तथा साना उद्योगलाई पुर्ण रुपमा खोल्ने र शैक्षिक संस्था र ठूला उद्योगहरुलाई मात्रै खोल्ने प्रस्ताव गरिएको छ ।

चौथो चरणमा, तेस्रो चरणको अवस्थाको मूल्यांकन गरेर लकडाउन थप गरेपनि संक्रमणको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दुरी कायम गरी बन्दाबन्दी हटाउने समितिले प्रस्ताव गरेको छ ।

यही चरणमा मोर्निङ वाक, जिम, सम्पुर्ण खेलकुद, फेन्सी स्टोर हजाम र ब्युटी पार्लर पुर्ण रुपमा खोल्ने तर मन्दिर गुम्बा चर्च र मस्जितलाई आंशिक खोल्ने ।

पाँचौ चरणमा, यो चरणमा पनि लकडाउनलाई थप गरेर सुरक्षा सतर्कता अपानएर अन्तर्राष्ट्रिय उडान, सिनेमा मल र पर्यटकीय क्षेत्र, होटल रेष्टुरेन्ट र बारलाई पुर्ण रुपमा खुलाउने समितिले प्रस्ताव गरेको छ ।

छैंठौ चरणलाई अन्तिम भनिएको छ । डब्लुएचओ लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले विश्वभर संक्रमण शून्यको घोषणा गरे पश्चात सम्पूर्ण सेवाहरु सामान्य अवस्थासरह नै पूर्ण रुपमा प्रवाह हुने समितिले प्रस्ताव तयार गरेर मन्त्रिपरिषदमा पठाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal