आज :

कोरोनाबाट अमेरिकामा ९८ हजारको मृत्यु, ट्रम्प भन्छन्- चर्चमा प्रार्थना गर्नुस्, कोरोनासँग जित्‍नुस्

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९८ हजार नजिक पुगेको विवरण सार्वजनिक भएका छन् । त्यस्तै संक्रमितको संख्या साढे १६ लाख पुगेको छ ।

विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघेको छ भने ५३ लाख संक्रमित भएका छन् । यो संख्यालाई हेर्दा अमेरिकामा भएको मृत्यु अकल्पनिय भएको हो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द चर्चहरु खोलेर प्रार्थना गर्नु भनेका छन् । कोरोनसँगै बन्द गरिएका चर्चहरु तुरुन्त खोलेर प्रार्थन गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । उनले कोरोनासँग जित्न अमेरिकामा धेरै प्रार्थना आवश्यकता भएको बताए ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।” ट्रम्पले मृतक ९५ हजार पुगेलगत्तै शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका थिए ।

कोरोना नियन्त्रण आउनुको साटो झनझन फैलिरहेको बेला चर्च खोलेर प्रार्थना गर्नुपर्ने ट्रम्पको भनाईको आलोचना भएको छ । चर्च खोल्दा भिडभाड हुने भएकोले कोरोना झन फैलिने चिन्ता व्यक्त गरिएको छ । तर प्रार्थनाले मानिसको मनोबल बढ्ने र कोरोनासँग लड्ने प्रतिरक्षा क्षमतामा विकास हुने ट्रम्पले दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal