आज :

नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, कपिलबस्तुका दुई जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक सय नाघेको छ । विहीबार कपिलवस्तु दुई जना नयाँ संक्रमित भेटिएसँगै संख्या १ सय १ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

विहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गरेर नयाँ संक्रमित भेटिएको जानकारी दिएका छन् । दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्थामा सामान्य रहेको अधिकारीले बताएका छन् ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal