आज :

किमजोङ सार्वजनिक भएको २४ घण्टा नबित्दै दक्षिण कोरियासँग गोली हानाहान

काठमाडौँ । उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । दुबै देशका सेनाले एक अर्काविरुद्ध गोली प्रहार गरेका हुन् ।

दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा दक्षिण कोरियाका सैनिकले केही दिनदेखि शंकास्पद गतिविधि गरेपछि उत्तर कोरियालका सेनाले चेतावनी दिएको थियो । तरपनि उक्त गतिविधि जारी रहेपछि उत्तर कोरियाको सेनाले गोलीले हानेको बताइएको छ ।

दोहोरो गोली हानाहान भएको पुष्टि गर्दै दक्षिण कोरियाको सेनाले भने उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेपछि जवाफी हानाहान भएको बताएको छ ।

लामो दूरीमा दोहोरो गोली हानाहान भएकोले कसैको पनि क्षति नभएको दक्षिण कोरियाली सेनाले बताएको छ ।

पछिल्लो पाँच वर्षयता पहिलो पटक पहिलो पटक दुई देशबीच गोली हानाहान भएको हो । सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उन २० पछि सार्वजनिक भएको २४ घण्टापछि दुबै देशका सेनाबीच गोली हानाहान भएको हो ।

अमेरिकाका कारण कोरियामा शान्ति हुन पाएको छैन । दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएदेखिको विवाद स्थायी रुपमा समाधान भएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal