आज :

भारतमा लकडाउन दुई हप्ता थपः जेठ ४ गतेसम्म कडा हुने, सक्रमितको संख्या ३५ हजार पुग्यो

काठमाडौं । भारतमा लकडाउनको अवधि थप भएको छ । भोलिबाट सकिने लागेको लकडाउनको अवधि दुई थपेर जेठ ४ गतेसम्म लम्ब्याइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यसअघि लकडाउन खुकुलो बनाउने भन्नेबारे छलफल भएपनि भारत सरकारले दुई हप्तासम्म कडा रुपमा लकडाउन कार्यान्वयन निर्णय गरेको छ ।

लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उच्चस्तरीय बैठक बोलाएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, रेलमन्त्री पीयूष गोयललगायतका अधिकारी बैठकमा सहभागी थिए ।

भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३५ हजार ८९ पुगेको छ भने शुक्रबार आन्ध्र प्रदेशमा ६०, राजस्थानमा ५८, पश्चिम बंगालमा ३७, बिहारमा २५, कर्नाटकमा ११, हरियाणामा ८, ओडियामा ५ जना नयाँ सक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाबाट ११४८ जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच भारतले थप गरेको लकडाउनको अवधिमा विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याउने भएको छ। ग्रीन जोनमा परेका ठाउँमा लकडाउन केही खुकुलो बनाइने जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal