काठमाडौं । चीनले आज कोरोनाभाइरसबाटल मृत्यु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक मनाउन लागेको छ । चीनले आज राष्ट्रय व्यापी तीन मिनेट मौनधारण गर्नुको साथै राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
कोरोनाका कारण मृत्यु भएका नागरिक र उपचारको खटिएका स्वास्थ्यकर्मीको निधनप्रति सम्मानमा वुहानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । चिनियाँ सस्कारअनुसार सर्वधारणलाई चिहानमा भने जानबाट रोकिएको छ । संक्रमणको खतरा अझैं बाँकी रहेकोले सर्वसाधारणलाई चिहान जान नदिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।
कोरोनाबाट मुक्त भएको घोषणा गरेसँगै चीनले राष्ट्रिय शोक मनाउन लागेको हो । तीन महिनापछि सामान्य अवस्थामा फर्केको वुहानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।