आज :

लकडाउन कुराकानीः मेल्लेख गाउँपालिकालाई कोरोनामुक्त बनाउँछौं-अध्यक्ष बाेहरा

लकडाउन छ, के गर्दै हुनुहुन्छ ?

लकडाउनको पूर्णरुपमा पालना गरेका छु । अत्यवश्यक कामबाहेक घरबाहिर नजाने गरेको छौं । तर हामी सार्बजनिक मान्छे भएकोले आफ्‍नोभन्दा नागरिकको ज्यान ठूलो हुन्छ, त्यस्तो अवस्थामा सोसल डिस्टेन्‍सिङ कायम गर्ने गरेका छौं । मास्क र सेनिटाइजरको प्रयोग गर्ने गरिएको छ ।  केही काम गर्नै पर्ने हुन्छ  पटकपटक साबुन पानीले हात धुने, खाने कुरा राम्रोसँग पकाएर मात्रै खानेलगायतका कुरामा अरुलाई पनि भनिरहेका छौं ।

सम्भावित खतराबाट गाउँपालिकाबासीलाई सुरक्षित राख्‍न के तयारी गर्नुभएको छ ?

मसहित पालिकाका सबै जनप्रतिनिधि र कर्मचारी साथीहरु नियमित सम्पर्कमा छौं । पालिकाभरीको अवस्थाको जानकारी नियमित भइरहेको छ । केही समस्या आएमा समाधानको लागि तयारी गरिएको छ । क्वारेन्टाइ निर्माण, स्वास्थ्य सामाग्रीको खरिद गरेर गाउँपालिकामा पुर्याएका छौं । गाउँपालिकाभरीको दैनिक स्वास्थ्य अवस्थाको संकलन गर्ने र अनलाइनमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाएका छौं । जानकारी गाउँपालिकासँगै जिल्लाको स्वास्थ्य शाखामा नियमित जानकारी पुग्छ । ८ वटै वडामा ९१ जना स्वास्थ्यकर्मी परिचान गरेका छौं । पिपिईका सामाग्री गाउँपालिका पुगिसकेको छ । छिटै स्वास्थ्यकर्मीहरुलाई बाड्दैछौं । वडा नम्बर ६ मा ४५ जना स्वास्थ्यकर्मी अलगअलग टीममा खटिनुभएको छ ।

त्यस्तै सम्भावित आउनसक्ने खतरालाई ध्यानमा राखेर जनता माविमा १५ शैया र दुर्गा माविमा १० शैयाको क्वारेन्टाइनको व्यवस्था गरिएको छ । एम्बुलेन्स २४ सै घण्टा तयारीमा राखेका छौं । कसैलाई समस्या देखिएमा गाउँपालिकाले नै बेहोर्नेगरी अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरेका छौं । जनतालाई लकडाउन र कोरोनाभाइरसबारे जानकारी गराउन सबै वडामा माइकिङ गर्ने व्यवस्था मिलाएका छौं । सबै जनप्रतिनिधि र कर्मचारी साथीहरु रातदिन खटिनुभएको छ ।

तपाईँको गाउँपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति जना फर्के र उनीहरुलाई कहाँ र कसरी राख्नुभएको छ ?

हाम्रो गाउँपालिकामा अहिलेसम्म ५ सय ४६ सय जना भारतबाट घर फर्केका छन् । उहाँहरु सबै होम क्वारेन्टाइनमा हुनुहुन्छ । खटिएका स्वास्थ्यकर्मीहरुले सबैको नियमित स्वस्थ्य जाँच गरिरहेका छन् । त्यस्तै अलि ढिला आइपुगेका ७ जनालाई सदरमुकाम मंगलसेनास्थित क्वारेन्टाइनमा राखेका छौं । उहाँहरुको पनि त्यस्तो कुनै समस्या छैन ।

होम क्वारेन्टाइनमा बसेका सबै चैत्र ९ भन्दा अगाडि आउनुभएको हो, अब क्वारेन्टाइन अवधि सकिन लागेको छ । अहिलेसम्म एकजनालाई पनि ज्वरो आएको छैन ।

लकडाउनले खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्था गर्नुभएको छ ?

पहिलो कुरो त हाम्रो गाउँपालिकामा दिउँसो श्रम गरेर साँझ विहानको गुजरा गर्ने कोही पनि हुनुहुन्‍न । गाउँघरमै उत्पादित खाद्यान्न हुने भएकोले यति चाँडो ठूलो संकट त आउँदैन तरपनि हुन सक्ने अभावलाई ध्यानमा राखेर गाउँपलिकाले खाद्यान्‍न ढुवानीको व्यवस्था गरेको छ । गाउँपालिकाको ढुवानीमा २ सय ८९ कुइन्टल चामल पुगेको छ ।

त्यस्तै एकल महिला वा पुरुष, बृद्धबृद्धा अपांग र आर्थिक अवस्थामा कम भएकाहरुलाई राहतस्वरुप ३ सय ४० कुइन्टल चामल बड्दैछौं । सबै वडाहरुबाट त्यस्ता व्यक्तिको विवरण मागेका छौं, सम्भवत आजसम्म आइपुग्ला। त्यसपछि सबै वडामा बड्ने योजना बनाएका छौं । हाम्रो गाउँपालिकामा नुनको अलि अभाव देखिएपछि १ सय कुइन्टल नुन पनि गाउँपालिकाले ढुवानी गरेको छ । मागअनुसार ढुवानी गरिदिने व्यवस्था गाउँपालिकाले गरेको छ ।

धेरैजसो पहाडका स्थानीय तहमा लकडाउनका पालना नभएको कुरा आइरहेका छन, मेल्लेखमा कस्तो छ ?

यो अनुशासनको कुरा पनि हो, जब मानिसलाई बोध हुन्छ अनि अनुशासनमा बस्छ । हामीले पालिकाका सबै नगारिकलाई कोरोनाभाइरस के हो र यसले के असर गर्छ भन्ने जानकारी गराएका छौं । सबैले बुझ्नु भएको छ । त्यसैले अत्यवश्यक कामबाहेक सबैले लकडाउनलाई पूर्णरुपमा पालना गर्नुभएको छ । मलाई पूर्ण विश्वास छ, हामीले गरेको तयारी र जनताको साथले मेल्लेख कोरोनाभाइरसमुक्त गाउँपालिका हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal