आज :

डब्ल्यूएचओले भन्यो-कोरोनाले विश्‍वव्यापी महामारीको रुप लियो, सतर्क बनौं

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरेको छ । यसअघि  महामारीको रुप लिएको घोषणा गर्न नमानेको डब्ल्यूएचओले १ सय २३ देशमा कोरोनाको संक्रमण देखिएपछि भने सो घोषणा गरेको हो ।

डब्ल्यूएचओले बुधबार प्रधान कार्यालय जेनेभामा पत्रकार सम्मेलन गर्दै सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी  महामारीको रुपमा फैलिएको बताए ।

महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भए पनि अहिले कोरोनाको संक्रमण त्यही रुपमा फैलिएको उनको भनाइ छ । डब्ल्यूएचओको मूल्यांकन अनुसार अब यो प्रकोपका रुपमा मात्रै नरहेको उनले बताए ।

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट ती देशहरुका एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको छ भने चार हजार ६ सय २७ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओले पछिल्लो २४ घन्टामा मात्रै तीन सय ३१ जनाको कोरोनाकै संक्रमणका कारण मृत्यु भएको छ भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएको बताइएको छ ।

कोरोनाको संक्रमण चीनमा घट्दै गएपनि अन्य देशमा भने हावाको गतिमा फैलिएको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

यसैबीच इटली र डेनमार्कले भने अत्यावश्कीय सेवा र बस्तु बाहेक सबैमा बन्द गरेका छन् । आवतजातमा प्रतिबन्ध ङ्लकसगाएका छन् ।

चीन पछि सबैभन्दा बढी इटलीमा कोरोनाको संक्रमण देखिएको छ । डेढ कोरोड मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने मृत्यु हुनेको संख्या करिब ८ सय २८ जना पुगेको  छ ।

कोरोनाबाट डराउनु भन्दापनि संक्रमण नहुँदै सतर्क बन्‍न सरोकारवाला निकाय र व्यक्तिहरुले अपील गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal