आज :

उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

काठमाडौँ । ऊर्जा बचेत गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकले विभिन्न कम्पनीहरुलाई अनुदान रकम हस्तान्त्रण गरेको छ । जर्मन सरकारको सहयोगमा संचालिन ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत बैकले नेपाल सालिमार सिमेन्ट प्रा.लि.लाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय अठसठ्ठी रुपैंया पैसा पैंतीस, पन्चकन्या स्टिल प्रा.लि. लाई १३ लाख ९९ हजार एक सय दुई रुपैयाँ पैसा त्रिचालिस, प्रिमियर वायर्स प्रा.लि. लाई ५ लाख ५० हजार ८ सय रुपैयाँ पैसा पन्ध्र, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख पैंसठ्ठी हजार ९ सय रुपैयाँ रकम हस्तान्त्रण गरेको हो ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको भन्दै बैंकले अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक बिहिबार हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी अनुदान कार्यक्रममा सहभागी हुन आह्वान गरे ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने छ ।

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

अनुदान रकम हस्तान्त्रण समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, केएफडब्लुका नेपाल प्रतिनीधि उर्जा विशेषज्ञ निरज सुवेदी, एडेल्फीका कन्सल्टेण्ट ज्ञानेन्द्र उपाध्याय, जिआइजी नेपालका प्राविधिक सल्लाहकार डा. नारायणप्रसाद चौलागार्इं, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक राजु लौडारी, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरुलगायतको उपस्थिती रहेको थियो ।

अनुदान हस्तान्त्रण कार्यक्रमको संचालन उपप्रबन्धक होमराज भट्टराईले गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal